Popular posts from this blog
विश्वभर इन्टरनेट सेवा दिँदै स्टारलिंक
करिब १० अर्ब अमेरिकी डलर लगानीमा स्टारलिंकले विश्वव्यापी रुपमा इन्टरनेट पुर्याउने एलन मस्कले बताएका छन् । मंगलबार आयोजित मोबाइल वर्ल्ड कंग्रेस कनफ्रेन्समा बोल्दै मस्कले स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज कर्पले सञ्चालन गरेको स्टारलिंक नेटवर्कको लागत करिब पाँच अर्ब अमेरिकी डलरदेखि १० अर्ब अमेरिकी डलर(११ खर्ब ८८ अर्ब रूपयाँ) सम्म पुग्नसक्ने बताएका छन् । आउँदो अगस्ट महिनादेखि पोलार रिजनबाहेक विश्वका अन्य क्षेत्रहरमा इन्टरनेट सेवा पुर्याउने उद्देश्यले तयार गरेको स्टारलिंक करिब एक दर्जन राष्ट्रहरुमा सञ्चालन भइरहेको छ । मस्कका अनुसार हाल स्टारलिंकका करिब ६९ , ४२० प्रयोगकर्ताहरु छन् र आगामी एक वर्षमा यसका प्रयोगकर्ता करिब ५०० , ००० कट्ने उनको अनुमान रहेको छ । फाइबर र वायरलेस नेटवर्कका सुविधा नपाएका विश्वका करिब पाँच प्रतिशत जनताहरुमा यो ब्रोडब्यान्ड पुर्याउने स्पेस एक्सले लक्ष्य बनाएको छ । स्टारलिंकसँग सम्बन्धित भएर मस्कले दुईवटा देशहरुसँग दुई ठूला सम्झौता उनले गरेका छन् । यद्दपि कार्यकर्ममा उनले यस विषयमा थप जानकारी भने गराएनन् । स्टारलिंकमा थप अपग्रेडहरु गर्दै ग...
आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी थाहा पाउनुस्, अनलाइनबाटै कसरी दिने दर्ता आवेदन ?
पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरुले उपहार र इलेक्ट्रिक सामाग्री नल्याउने कमै होलान । त्यसमा पनि उपहारको पहिलो रोजाइमा पर्छ मोबाइल तथा ल्यापटप । अहिले फोन प्रत्येक मानिसको लागि अपरिहार्य भइसकेको छ । तर , विदेशबाट ल्याएर नेपालम चलेका अघिकांश मोबाइल विना दर्ता चलिरहेका छन् । यस्ता मोबाइल फोन हराएमा अथवा चोरी भएमा भेटिदैनन् भने नियामनको दायरामा आएका छैनन् । त्यस्तै तपाईंले सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा पनि दर्ता भए नभएको हेर्न जरुरी छ । कतिपय अवस्थामा सस्तो मै मोबाइल पाइयो भनेर खरिद गरि हाल्ने प्रचलन छ । तर , उक्त मोबाइल दर्ता नभएको पनि हुन सक्छ अथवा अवैध माध्यमबाट विदेशबाट आयात भएर लुकिछिपी किनवेच भएकोपनि हुन सक्छ । यस्तो अवस्थामा स्मार्टफोन दर्ता छ अथवा छैन भनेर हेर्नु पर्छ । नेपाल दूरसञ्चार प्राधिकरणले पनि आगामी जेठ महिनाबाट नेपालमा आयात भएका अवैध मोबाइल र दर्ता विना चलेका मोबाइललाई नियामन गर्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्दै छ । जसमा मोबाइल आईएमईआई नम्बर अनिवार्य दर्ता भएको हुनुपर्ने छ । अन्यथा विना दर्ता सञ्चालन भइरहेका मोबाइल फोन बन्द...
Comments
Post a Comment