Posts

Showing posts from April, 2021

आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी थाहा पाउनुस्, अनलाइनबाटै कसरी दिने दर्ता आवेदन ?

Image
  पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरुले उपहार र इलेक्ट्रिक सामाग्री नल्याउने कमै होलान । त्यसमा पनि उपहारको पहिलो रोजाइमा पर्छ मोबाइल तथा ल्यापटप । अहिले फोन प्रत्येक मानिसको लागि अपरिहार्य भइसकेको छ   । तर , विदेशबाट ल्याएर नेपालम चलेका अघिकांश मोबाइल विना दर्ता चलिरहेका छन् । यस्ता मोबाइल फोन हराएमा अथवा चोरी भएमा भेटिदैनन् भने नियामनको दायरामा आएका छैनन् । त्यस्तै तपाईंले सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा पनि दर्ता भए नभएको हेर्न जरुरी छ । कतिपय अवस्थामा सस्तो मै मोबाइल पाइयो भनेर खरिद गरि हाल्ने प्रचलन छ । तर , उक्त मोबाइल दर्ता नभएको पनि हुन सक्छ अथवा अवैध माध्यमबाट विदेशबाट आयात भएर लुकिछिपी किनवेच भएकोपनि हुन सक्छ । यस्तो अवस्थामा स्मार्टफोन दर्ता छ अथवा छैन भनेर हेर्नु पर्छ । नेपाल दूरसञ्चार प्राधिकरणले पनि आगामी जेठ महिनाबाट नेपालमा आयात भएका अवैध मोबाइल र दर्ता विना चलेका मोबाइललाई नियामन गर्न   मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम   लागू गर्दै छ । जसमा मोबाइल आईएमईआई नम्बर अनिवार्य दर्ता भएको हुनुपर्ने छ । अन्यथा विना दर्ता सञ्चालन भइरहेका मोबाइल फोन बन्द हुँने छन् । दर्ता