Posts

Showing posts with the label 5G iPhone

आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी थाहा पाउनुस्, अनलाइनबाटै कसरी दिने दर्ता आवेदन ?

Image
  पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरुले उपहार र इलेक्ट्रिक सामाग्री नल्याउने कमै होलान । त्यसमा पनि उपहारको पहिलो रोजाइमा पर्छ मोबाइल तथा ल्यापटप । अहिले फोन प्रत्येक मानिसको लागि अपरिहार्य भइसकेको छ   । तर , विदेशबाट ल्याएर नेपालम चलेका अघिकांश मोबाइल विना दर्ता चलिरहेका छन् । यस्ता मोबाइल फोन हराएमा अथवा चोरी भएमा भेटिदैनन् भने नियामनको दायरामा आएका छैनन् । त्यस्तै तपाईंले सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा पनि दर्ता भए नभएको हेर्न जरुरी छ । कतिपय अवस्थामा सस्तो मै मोबाइल पाइयो भनेर खरिद गरि हाल्ने प्रचलन छ । तर , उक्त मोबाइल दर्ता नभएको पनि हुन सक्छ अथवा अवैध माध्यमबाट विदेशबाट आयात भएर लुकिछिपी किनवेच भएकोपनि हुन सक्छ । यस्तो अवस्थामा स्मार्टफोन दर्ता छ अथवा छैन भनेर हेर्नु पर्छ । नेपाल दूरसञ्चार प्राधिकरणले पनि आगामी जेठ महिनाबाट नेपालमा आयात भएका अवैध मोबाइल र दर्ता विना चलेका मोबाइललाई नियामन गर्न   मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम   लागू गर्दै छ । जसमा मोबाइल आईएमईआई नम्बर अनिवार्य दर्ता भएको हुनुपर्ने छ । अन्यथा विना दर्ता सञ्चालन भइरहेका मोबाइल फोन बन्द...

एप्पलले यस वर्ष ७०.५ मिलियन (७.५ करोड) युनिट फाइभ–जी आइफोन बनाउने समाचार बाहिरिएको छ - 5 G iPhone

Image
टेक कम्पनी एप्पलले यो वर्षको अन्त्यसम्म ७०.५ मिलियन  युनिट फाइभ–जी आइफोन बनाउने भएको छ। यसका साथै कम्पनीले नयाँ एप्पल वाच मोडल, नयाँ आइप्याड एयर र एउटा सानो होम प्याड पनि यसै वर्ष लन्च गर्ने भएको छ। कम्पनीले Next Generation | iPhone | आइफोनको सिपमेन्ट सन् २०२० मा ८० मिलियन युनिटसम्म पुग्ने लक्ष्य  लिएको समाचार छ । एप्पलले अर्काे महिना फाइभ–जी वायरलेस स्पिडबाट सुसज्जित चारवटा नयाँ आइफोन लन्च गर्ने लक्ष्य लिएको छ। जसमा अलग डिजाइन र ठूलो स्क्रिन साइज हुने बिश्वास गरिएको छ । ब्लुमबर्गले आफ्नो रिपोर्टमा प्रो–डिभाइसेसको तुलनामा लोअर इन्ड वाला फोन चाँडै सिपमेन्ट हुन सक्ने छ। रिपोर्टका अनुसार एप्पलले एज–टु–एज आइप्याड प्रोजस्तै स्क्रिनका साथ नयाँ आइप्याड एयर बनाउने काम गरिरहेको छ। यसका साथै कम्पनी दुइटा नयाँ एप्पल वाच भेरियन्ट र आफ्नो पहिलो ओभर इयर हेडफोन पनि बनाइरहेको छ। तर एप्पलले यसबारे कुनै पनि आधिकारिक जानकारी उपलब्ध गराएको छैन।  – एजेन्सी | बिजशाला | Business Insider #ICTBridge #ICT_Bridge