Posts

Showing posts with the label Internet

विश्वभर इन्टरनेट सेवा दिँदै स्टारलिंक

Image
  करिब १०  अर्ब अमेरिकी डलर लगानीमा स्टारलिंकले विश्वव्यापी रुपमा इन्टरनेट पुर्‍याउने एलन मस्कले बताएका छन् । मंगलबार आयोजित मोबाइल वर्ल्ड कंग्रेस कनफ्रेन्समा बोल्दै मस्कले स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज कर्पले सञ्चालन गरेको स्टारलिंक नेटवर्कको लागत करिब पाँच अर्ब अमेरिकी डलरदेखि १० अर्ब अमेरिकी डलर(११ खर्ब ८८ अर्ब रूपयाँ) सम्म पुग्नसक्ने बताएका छन् ।  आउँदो अगस्ट  महिनादेखि पोलार रिजनबाहेक विश्वका अन्य क्षेत्रहरमा इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यले तयार गरेको स्टारलिंक करिब एक दर्जन राष्ट्रहरुमा सञ्चालन भइरहेको छ ।  मस्कका अनुसार हाल स्टारलिंकका करिब ६९ , ४२० प्रयोगकर्ताहरु छन् र आगामी एक वर्षमा यसका प्रयोगकर्ता करिब ५०० , ००० कट्ने उनको अनुमान रहेको छ । फाइबर र वायरलेस नेटवर्कका सुविधा नपाएका विश्वका करिब पाँच प्रतिशत जनताहरुमा यो ब्रोडब्यान्ड पुर्‍याउने स्पेस एक्सले लक्ष्य बनाएको छ । स्टारलिंकसँग सम्बन्धित भएर मस्कले दुईवटा देशहरुसँग दुई ठूला सम्झौता उनले गरेका छन् । यद्दपि कार्यकर्ममा उनले यस विषयमा थप जानकारी भने गराएनन् । स्टारलिंकमा थप अपग्रेडहरु गर्दै ग...