Posts

Showing posts from October, 2021

ल्यापटप किन्दै हुनुहुन्छ ? यी चार कुरामा ध्यान दिनुहोस्

Image
  आफ्नो काम र दामका लागि सुहाउँदो ल्यापटप छनोट कसरी गर्ने ? यसका लागि यी चारवटा कुरामा ध्यान दिनुपर्दछ- बजारमा विभिन्‍न ब्राण्ड र मूल्यका ल्यापटपहरु उपलब्ध हुन्छन् । कतिपय ल्यापटपहरु विशेष काम तथा प्रयोगकर्ताका लागि भनेरै डिजाइन गरिएका हुन्छन्, जुन अन्य आम प्रयोगकर्ताका लागि खासै उपयोगी नहुन सक्दछन् । बजारमा कतिपय पुराना मोडलका ल्यापटप पनि हुन्छन्, जुन खरीद गर्नु उपयुक्त हुँदैन । त्यसैले कुन कामका लागि ल्यापटप खरीद गर्ने हो ? अनि आफ्नो काम र दामका लागि सुहाउँदो ल्यापटप छनोट कसरी गर्ने ? यसका लागि यी चारवटा कुरामा ध्यान दिनुपर्दछः १ . पहिलो चरण : आफ्नो बजेट निर्धारण गर्नुहोस् तपाईले कति बजेट (पैसा)मा कम्‍प्‍युटर किन्‍ने हो त्‍यो सबैभन्दा महत्वपूर्ण पक्ष हो । आफूसँग कति पैसा छ र ल्यापटप/डेस्कटपका लागि कतिसम्म खर्च गर्न सक्दछु भन्ने कुराको सुरुमै निधो गर्न सक्नुभयो भने बजारबाट खरीद गर्ने ल्यापटपका विकल्पहरु छनोट गर्न सजिलो हुन्छ । यसले तपाईलाई आफूले खरीद गर्ने ल्यापटपबाट राखिएका अपेक्षाहरु सुरुबाटै निश्चित गर्नमा पनि सहयोग मिल्छ । यद्यपि, सस्तो मूल्यका ल्यापटपहरुमा टचस्क्रिन, ब्याकलिट किब