Posts

Showing posts from November, 2023

भीपीएन कसरी प्रयोग गर्ने ?*

Image
  Copied from Techpana for education purpose only भीपीएन कसरी प्रयोग गर्ने ?* काठमाडौं । के तपाईं अनलाइन सेक्युरिटी वा प्राइभेसीको विषयलाई लिएर चिन्तामा हुनुहुन्छ ? अथवा आफ्नो निजी जानकारी ह्याकरको हातमा पुग्दैन ? आफ्नो अनलाइन शपिङ, सर्च रिजल्ट, बिल पेमेन्ट जस्ता जानकारी सुरक्षित राख्न चाहनुहुन्छ ? यदि हो भने यो सम्भव छ । भीपीएनले तपाईंका यस्ता समस्यालाई समाधान गर्न सक्छ । आज हामी तपाईंलाई भीपीएन के हो र यसले तपाईंलाई कसरी सहयोग पुर्‍याउन सक्छ भन्ने विषयमा विस्तृतमा बताउँदै छौं । असुरक्षित वेबसाइटमाा वेबसाइट भिजिट गर्नु वा कारोबार गर्नुको अर्थ आफ्नो निजी जानकारी र ब्राउजिङ सम्बन्धी बानीव्यहोरा उदाङ्गो पार्नु हो । तर भीपीएन अर्थात भर्चुअल प्राइभेट नेटवर्कले पब्लिक नेटवर्क प्रयोग गर्दाको बखत तपाईंलाई सुरक्षित राख्ने गर्दछ । यसले तपाईंको इन्टरनेट ट्राफिकलाई इन्क्रिप्ट राख्छ अनि तपाईंको अनलाइन पहिचानलाई लुकाइदिन्छ । यस्तो अवस्थामा थर्डपार्टीलाई तपाईंको अनलाइन गतिविधि ट्र्याक गर्नु र तपाईंको डेटा चोरी गर्नु कठीन बन्न पुग्छ । भीपीएनले तपाईंको कम्प्युटर वा स्मार्टफोनलाई सर्भर कम्प्युटरमा कनेक