Posts

Showing posts from February, 2024

६ अत्यावश्यक औषधि, जुन घरमा राख्नैपर्छ

Image
  ६ अत्यावश्यक औषधि, जुन घरमा राख्नैपर्छ x दुर्घटना तथा स्वास्थ्य समस्या अचानक निम्तिन्छ । कुनै पनि स्वास्थ्य समस्यामा चाँडोभन्दा चाँडो चिकित्सककहाँ पुर्‍याउनुपर्छ । तर सबै परिस्थितिमा तत्काल चिकित्सककहाँ पुग्न वा आफूकहाँ बोलाउन सम्भव हुँदैन । दुर्घटना भइहाले वा कुनै स्वास्थ्य समस्या निम्तिंदा प्राथमिक उपचार गर्नुपर्ने हुन्छ । प्राथमिक उपचार दिनका लागि कतिपय मेडिकल सामग्रीहरु आवश्यक हुन्छन् । यस्तो अवस्थामा प्राथमिक उपचारका लागि प्राथमिक उपचार बाकस (फर्स्ट एड बक्स)मा निम्न केही महत्वपूर्ण औषधि हुनु जरुरी छ । पारासिटामोल पारासिटामोल दुखाइ कम गर्ने र ज्वरो कम गर्ने औषधि हो, जुन अस्थायी रूपमा हल्कादेखि मध्यम दुखाइ र उच्च ज्वरो कम गर्न प्रयोग गरिन्छ । पारासिटामोलका लागि चिकित्सकको प्रेसकिप्सन नै लिनुपर्छ भन्ने त छैन । तर जथाभावी वा लगातार खानु हानिकारक हुन्छ । अमेरिकी मापदण्डअनुसार ३२५ मिलिग्रामदेखि ६५० मिलिग्रामसम्मको सिटामोलको डोज चारदेखि छ घण्टाको अवधिमा दिन सकिन्छ । निर्देशिकाअनुसार ५०० मिलिग्राम पारासिटामोल ज्वरो आएको प्रत्येक ६-६ घण्टामा खान सकिन्छ ।   साना बालबालिकालाई पारासिटामोल ख