Posts

Showing posts from August, 2018

नयाँ वर्षबाट फाइभ जी, कसरी काम गर्छ ?

Image
विश्वमा अर्को वर्ष फाइभ जी इन्टरनेट नेटवर्क सुरुअात हुने भएको छ । आउँदो वर्षको सुरुमै विश्वका केही विकशित देशहरुमा फाइभ जी सेवा सुरु हुने र यसले इन्टरनेटको स्पीड अहिलेको अधिकतम स्पीडको तुलनामा दश देखि २० गुणा सम्मले बढि हुनेछ । के फाइभ जी नेटवर्क आएजसँगै इन्टरनेट प्रयोगकर्ताको जीवनमा कुनै बदलाव आउँछ त ? के मानिसहरुले अहिले चलाइरहेका फोनको साटो नयाँ फोन खरिद गर्नुपर्दछ त ? के गाउँगाउँसम्म इन्टरनेट पु ¥ याउन सकिन्छ त ? आखिर के हो फाइभ जी ? यसलाई मोबाइल इन्टरनेटको पाँचौँ पिँढी मानिएको छ । यसको स्पीड विद्यमान इन्टरनेट नेटवर्कको भन्दा अधिक हुनेछ । जसबाट ठूला डाटालाई पनि सजिलैसँग छोटो समयमा डाउनलोड तथा अपलोड गर्न सकिनेछ । यसको पहुँच पनि वर्तमान मोबाइल इन्टरनेटभन्दा विस्तृत तथा उतकृष्ट हुनेछ । पूर्णरुपमा भिडियो स्पेक्ट्रमको उत्तम प्रयोगको उदाहरणको रुपमा यो रहनेछ र यसबाट एकसाथ अनेक डिभाइसलाई इन्टरनेटबाट जोड्न सकिनेछ । मोबाइल् डाटा एनालिटिक्स कम्पनी ओपन सिग्नलसँग सम्बन्धित अधिकारीका अनुसार फाइभ जी नेटवर्कको हाइस्पीड इन्टरनेटले शहरहरुलाई थप स्मार्ट बनाउनेछ । आधुनिक विज्ञानका