नयाँ वर्षबाट फाइभ जी, कसरी काम गर्छ ?


विश्वमा अर्को वर्ष फाइभ जी इन्टरनेट नेटवर्क सुरुअात हुने भएको छ । आउँदो वर्षको सुरुमै विश्वका केही विकशित देशहरुमा फाइभ जी सेवा सुरु हुने र यसले इन्टरनेटको स्पीड अहिलेको अधिकतम स्पीडको तुलनामा दश देखि २० गुणा सम्मले बढि हुनेछ ।
के फाइभ जी नेटवर्क आएजसँगै इन्टरनेट प्रयोगकर्ताको जीवनमा कुनै बदलाव आउँछ त ? के मानिसहरुले अहिले चलाइरहेका फोनको साटो नयाँ फोन खरिद गर्नुपर्दछ त ? के गाउँगाउँसम्म इन्टरनेट पु¥याउन सकिन्छ त ?

आखिर के हो फाइभ जी ?

यसलाई मोबाइल इन्टरनेटको पाँचौँ पिँढी मानिएको छ । यसको स्पीड विद्यमान इन्टरनेट नेटवर्कको भन्दा अधिक हुनेछ । जसबाट ठूला डाटालाई पनि सजिलैसँग छोटो समयमा डाउनलोड तथा अपलोड गर्न सकिनेछ ।
यसको पहुँच पनि वर्तमान मोबाइल इन्टरनेटभन्दा विस्तृत तथा उतकृष्ट हुनेछ । पूर्णरुपमा भिडियो स्पेक्ट्रमको उत्तम प्रयोगको उदाहरणको रुपमा यो रहनेछ र यसबाट एकसाथ अनेक डिभाइसलाई इन्टरनेटबाट जोड्न सकिनेछ ।
मोबाइल् डाटा एनालिटिक्स कम्पनी ओपन सिग्नलसँग सम्बन्धित अधिकारीका अनुसार फाइभ जी नेटवर्कको हाइस्पीड इन्टरनेटले शहरहरुलाई थप स्मार्ट बनाउनेछ । आधुनिक विज्ञानका कार्यहरु थप सहज तथा उत्कृष्ट बन्नेछन् ।
स्वचालित कार पनि एक अर्कासँग सहज सम्वाद गर्न सक्नेछन् र यातायात तथा नक्शासँग सम्बन्धित डाटा शेयर गर्न सक्नेछन् ।
चिकित्सा सुविधा पनि अझै राम्रो हुनेछ र चिकित्सा उपकरणहरु थप स्मार्ट बन्नेछन् ।


फाइभ जी ले कसरी काम गर्दछ ?


यसमा कैयन् नयाँ प्रविधि प्रयोग हुनेछन् तर अहिलेसम्म फाइभ जी को सबै प्रोटोकल तय भएको छैन ।
यसले हाइ फ्रिक्वेन्सी ब्याण्डमा काम गर्नेछ, साढे तिन देखि २६ गिगाहर्ज वा त्यो भन्दा पनि माथि । यसमा तरंग लम्बाई छोटो हुन्छ । तर, एउटा समस्या के भने यस्तो छोटो तरंगलाई सजिलैसँग अवरोध गर्न सकिन्छ ।
त्यसैले भौगोलिक विकटता भएका क्षेत्रमा यस्तो मोबाइल तरंगहरु सहज रुपमा पूराउन कठीन हुनसक्दछ र धेरै ट्रान्सर्फमरको प्रयोग गर्नुपर्दा खर्च धेरै लाग्नसक्दछ ।


फोर जी भन्दा कति फरक ?

यो फोर जी प्रविधि भन्दा पूर्णरुपमा फरक हुनेछ । यो नयाँ प्रविधिमा काम गर्नेछ । अहिले फोर जीमा सर्वाधिक स्पीड ४५ एमबीपीएससम्म सम्भव हुन्छ । चिप निर्माता कम्पनी क्वालकोमका अनुसार फाइभ जी प्रविधिमा यसभन्दा १० देखि २० गुणासम्म बढि स्पीड हुनेछ । त्यसैले फाइभ जी नेटवर्कमा एक एचडी फिल्म एक वा दुई मिनेटमा पूरै डाउनलोड गर्न सकिन्छ ।


कहिलेसम्म सम्भव छ फाइभ जी ?


अधिकतम देशहरुमा फाइभ जी सन् २०२० सम्ममा लञ्च हुनेछ । यद्यपि कतारको एक कम्पनीले चाहीँ फाइभ जी नेटवर्क सुरु गरिसकेको दाबी गरेको छ । दक्षिण कोरियाली पनि आगामी वर्ष फाइभ जी सुरु गर्नेछ । चीनले पनि सन् २०१९ मा फाइभ जी सुरु गर्ने योजना बनाएको छ । बीबीसी

२०७५ साउन २० गते  online khabar मा मा प्रकाशित 
२०७५ साउन २० गते  online khabar मा मा प्रकाशित 

Comments

Popular posts from this blog

विश्वभर इन्टरनेट सेवा दिँदै स्टारलिंक

आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी थाहा पाउनुस्, अनलाइनबाटै कसरी दिने दर्ता आवेदन ?

How do I download or save a YouTube video to my computer?