नेपालको शेयर मार्केटमा कसरी प्रवेस गर्ने ? नेपाल को शेयेर बजारमा प्रवेस गर्नु पुर्ब तपाईले कुन – कुन कुराहरु तयारी गर्नु पर्छ ? How to Enter in Nepal Share Market ? # Beginner


नेपालको शेयर बजारको बारेमा एक महत्वोपूर्ण जानकारी |
========= *** =============
के तपाइँ नेपालको शेयर बजारमा राम्रो संग बुझेर लाग्नु अथवा छिर्नु भएको हो ?
के तपाई नेपालको शेयर बजारमा लगानी गर्न चाहनुहुन्छ ?
के तपाई नेपाल शेयर बजारमा नयाँ हुनुहुन्छ ?
========= *** =============
Learn What is the Primary Market and Secondary Market?
Learn How to Enter Primary and Secondary Market in Nepal |
=================== *** ====================

भिडियो र लिखित निर्देशन (Instruction) दुबैमा उपलब्ध छ  -  भिडियो को लागि यहाँ थिच्नुहोला !


नेपालको शेयर मार्केटमा कसरी प्रवेस गर्ने ? नेपाल को शेयेर बजारमा प्रवेस गर्नु पुर्ब तपाईले कुन – कुन कुराहरु तयारी गर्नु पर्छ ?
- जुन कुरा बुझ्न मलाई आज भन्दा केहि बर्ष अगाई झन्डै ३ महिना लाग्यो, तर आज म त्यहि सबै कुरा Step by Step केहि मिनेटमा तपाईलाई भन्दै छु| ताकी तपाई यो ४ कुरा बुझ्न १० ठाउमा धाउनु नपरोस र २० जनालाई सोधिरहन नपरोस|
तपाई नेपालको शेयर बाजारमा प्रवेश गर्दै हुनुहुन्छ भने तपाई यी आधारभूत कुराहरुको जानकारी लिएर तयारी भएको हुनु पर्दछ|
नेपालको शेरबजारमा तपाई २ तरिकाले छिर्न सक्नु हुन्छ

 

१) Primary Market: जसलाई पहिलो / प्राथमिक बजार पनि भन्दछौ जहाँ बाट तपाई IPO, FPO, DIVIDENT, MATUAL FUND, DEVENTURE आदिको आवेदन दिन सक्नुहुन्छ| जुन कम्पनीले निष्कासन गरेको अवस्थामा निश्चत समय भित्र आवेदन दिन सकिन्छ | 
अर्को छ 

२) Secondary Market – दोस्रो बजार = जहाँ तपाईले Primary Market बाट खरिद गर्नु भएको शेयर बेच बिखन गर्न सक्नुहुन्छ भने साथ – साथै तपाईको चाहना अनुसार नेप्सेमा आबद्ध भएको र कारोबार भैरहेको कुनै पनि कम्पनिको शेयर खरिद गर्न सक्नुहुनेछ र त्यसपछि बिक्रि गर्न सक्नुहुनेछ,  जहाँ हप्ताको ५ दिन ( शुक्रबार र शनिवार तथा कुनै पनि सार्बजनिक बिदा बाहेक) बिहान ११ देखि बेलुका ३ बजे सम्म शेरको कारोबार हुने गर्दछ गर्दछ| 

अब  आनुहोस हेरौ यो २ ओटा शेयर मार्केटमा छिर्न तपाईलाई के के कुरा चाहिन्छ:

१. Primary Market:

• Bank Account (online Banking भए झनै राम्रो)
• Demat Account – हितग्राही खाता भन्दछौ
• Mero Share – Account
• CRN – Customer Reference Number

२. Secondary Market

• Bank Account (online Banking भए झनै राम्रो)
• Demat Account
• Mero Share – Account
• CRN – Customer Reference Number

• Trading Account – Online Login (Trading account in Broker Agency)

PRIMARY MARKET:

PRIMARY MARKET: मा यो प्रक्रिया कसरी गर्ने त हेर्ने छौ 
Bank Account (online Banking भए झनै राम्रो)
Demat Account – हितग्राही खाता भन्दछौ 
Mero Share – Account
CRN – Customer Reference Number 



अब  आनुहोस हेरौ अब यो Account हरु बनाउने प्रोसेस के हो ? कसरी गर्ने ?
Bank Account
सबभन्दा पहिला तपाईले बैक खाता खोल्नुहोस र सकिन्छ भने ( online Banking / internet Banking /mobile Banking सेवा लिनुहोस् – ताकी तपाइँ आफ्नो बैकको कारोबारको बिबरण हेर्न र गर्न सक्नुहुन्छ, त्यसले तपाइलाई बैक गएर सोधिरहनु पर्ने केहि समयको बचत गराउछ र नया Technology मा पनि तपाईलाइ पोख्त बनाउदै लैजान्छ ( आज तपाईले online कारोबार नगरे पनि भोलि त्यसको को समय आउने छ र तपाइँ बाध्य भएर online कारोबार गर्नु नै पर्ने छ)
बैक खाता खोल्दा सधारणतया, निम्न कुराहरु चाहिने गर्दछ:
  • ४ वोटा PP Photo, सक्कली नागरिकता र फोटोकपी ,  सबै पारिवारिक बिवरण को साथै बैकको खाता खोल्लें फारम भरेर र तपाई आफै उपस्थिति हुनु पर्नेछ | पानी तथा बत्तिको बिल – additional
  • KYC Form भर्नु पर्ने छ 
Demat Account – हितग्राही खाता – शेयर कारोबारको विवरण राख्ने शेयर खाता भनेर बुझादछौ
नेपालमा हाल ७० भन्दा बढि धितोपत्र बोडसंग आबद्ध भएका संस्था/एजेन्सीहरु छन जसमा धेरै जस्तो बैकहरु छन् भने केहि ब्रोकर संस्थाहरु पनि छन् – त्यस मध्ये जुन सुकैबाट तपाइँले DeMAT Account खोल्न सक्नुहुनेछ |
मेरो सल्लाह यो छ कि तपाईको बैक खाता जुन बैकमा छ त्यही बैकबाट नै तपाइँले DeMAT Account खोल्नु भयो भने कम झन्झटिलो हुन् सक्छ र समयको पनि बचत हुन् सक्छ!
Demat Account – हितग्राही खाता खोल्दा सधारणतया, निम्न कुराहरु चाहिने गर्दछ:
  • २ ओटा PP साइजको फोटो , सक्कली नागरिकता र फोटोकपी ,  बैकको बिवरण, पारिवारिक बिबरण को साथै हितग्राही खाता खोल्लें फारम भरेर र तपाई आफै उपस्थिति हुनु पर्नेछ |
MeroShare – Account 
मेरो शेयर भनेको के हो?
मेरोशेयर सीडीएस र क्लियरिंग लिमिटेड (सीडीएससी) द्वारा विकसित एक अनलाइन पोर्टल हो अथवा सफ्टवेयर हो। मेरोसेयरमा शेरधनीलाई आफ्नो डिम्याट खाता द्वारा गरिएको लेनदेनको जानकारी अनलाइनमा हेर्न सुविधा प्रदान गरिएको एउटा अनलाईन पोटल हो. यो हरेक DeMAT Account को लागि अनिवार्य गरिएको छ|

मेरोसेयरका फाइदाहरू
  • शेरधनि / खातावालाको व्यक्तिगत विवरण हेर्न सकिन्छ 
  • आफ्नो खातामा भएको शेयर विवरण हेर्न सकिन्छ
  • बजार मूल्यमा आधारित तपाईंको खातामा स्टकको वास्तविक मूल्यको विवरण i.e (पोर्टफोलियो हेर्न सकिन्छ)
  • आफ्नो खाताको लेनदेनको (Transection) विवरण हेर्न सकिन्छ
  • Primary. प्राथमिक मार्केटद्वारा जारी (आईपीओ / एफपीओ)  गरिएको सेयर खरीद गर्न आवेदन दिन सकिन्छ. र रिजल्ट पनि हेर्न सकिन्छ 
  • मेरो EDIS ट्याबमा गइ आफुले  बेचेका सेयरहरू सजिलैसँग स्थानान्तरण गर्न सकिन्छ अब, शेयर बेच्नको लागि चेक बोकेर ब्रोकर कार्यलय धाउनु पर्ने झन्झटको अन्त भएको छ. 
  • WACC | weighted average of cost of capital (WACC) – शेयरको पूंजीको लागत औसतको गणना.
  • तपाईको शेयरको पूंजी (WACC) को लागत औसतको गणना गर्न तपाईको हितग्राही खाता मेरोसेयर मार्फत गर्न सक्नुहुनेछ | यी लगायतका फाइदाहरु तपाइले पाउनु हेनेछ|
मेरो शेरको खाता कसरी खोल्ने र के -के चाहिन्छ?
  • यो खोल्नको लागि तपाईले जहाँबाट हितग्राही खाता खोल्नु भएको छ त्यहि गएर मेरो शेरको फारम भर्नसक्नुहुनेछ र उनीहरुलेले मेरोशेरको फारमलाई सिडीएस पुरिदिने काम गर्ने गर्छ (जसको लागि रु ५० लाग्छ भने बार्षिक शुल्क १०० रुपैया लिने गरेको छ – यो समयक्रम अनुसार घटबढ हुन् सक्छ). 
  • फारम भर्नाको लागि तपाइले DeMAT खाताको विवरण र तपाइको विवरण तथा २ कपि फोटो चाहिन्छ 
CRN Number: Customer Reference Number | CRN ग्राहक सन्दर्भ सं नम्बर भनिन्छ | CRN नम्बर जुन C-ASBA रेजिष्ट्रेसन नम्बरको लागि हो।
यो एउटा विशेष नम्बर हो जुन बैंकले यसको ग्राहकलाई बैंक वा क्यापिटलमा Dmat खाता खोले पछि प्रदान गर्दछ जुन तपाईंको बैंक खाता तपाईंको सेयर (स्टक मार्केट) खातासँग लिंक गर्दछ। जब तपाइँ आईपीओको लागि आवेदन गर्नुहुन्छ तपाइँको लगानी यस सीआरएन नम्बरबाट बैंक द्वारा आरक्षित हुन्छ र एक पटक तपाइँलाई बाँडफाँड गरिए पछि तपाइँको लागू रकम कटौती हुनेछ यदि शेयर परेंन भने यसले तपाइँको ब्लक राशि जारी गर्दछ। र जब तपाईंको कम्पनीले तपाईंलाई बोनस दिन्छ (नगद लाभांश) यो तपाईंको बैंक खातामा सीआरएन नम्बर मार्फत जम्मा हुनेछ| यो बैंक र सेयर क्यापिटल (स्टक मार्केट) को बीचमा एक ब्रिजिंग संयन्त्र हो।
CRN Number कसरी लिने?
- बैंकमा जानुहोस् जहाँ तपाईंले डिमेट खाता बनाउनुभएको छ र सीआरएन (CRN) को लागी एक फारम लिएर भर्नुहोस् बुझाउनुहोस्। तपाइँले भरेको फारमलाई केहि दिनको प्रोसेस पछि उनीहरूले तपाइँलाई CRN नम्बर प्रदान गर्दछ। सामान्यतया फर्म बुझाएको भोलि पल्ट अथवा २ दिन पछि तपाइँ यसलाई प्रयोग गर्न सक्नुहुनेछ केही बैंकहरूले ई-बैंकिंगसँगै प्रयोगकर्ताहरूलाई उनीहरूको बैंक पोर्टलबाट CRN नम्बर अनलाइन मार्फत प्राप्त गर्न पनि गर्दछ।

 

यी कति खाताहरु online मार्फत पनि आबेदन दिन सकिने व्यवस्था कति ओटा बैकहरुले गरेको छ .. यी कुरा तपाई Online मा गएर पनि चेक गर्न सक्नुहुनेछ | अरु प्रक्रिया सबै यहाँ बताए अनुसार नै हुन्छन |

 Secondary Market - सेकेण्शेडरी शेयर मार्केटमा छिर्न तपाईलाई के के कुरा चाहिन्छ हेरौ?

  • Bank Account (online Banking भए झनै राम्रो)
  • Demat Account
  • Mero Share – Account
  • CRN – Customer Reference Number
  • Broker ID – जुन हामीले online Trading आउनुभन्दा पहिला शेयर कारोबार गर्नको निम्ती प्रयोग गरिरहेका थियौ र अहिले पनि जस्तिले Online Trading लिनु भएंको छैन त्यहि ID मार्फत शेयर कारोबार गरिरहेका छन् (अब चाँही online Trading आएको छ
  • Trading Account – Online Login (Trading account in Broker Agency)


 अनलाइन शेयर ट्रेडिंग के हो?

अनलाइन ट्रेडिंग एक टेक्नोलोजी हो जहाँ लगानीकर्ताले कम्प्युटर, ल्यापटप, ट्याब्लेटहरू, वा मोबाइलहरू मार्फत सेयरहरू किन्न वा बेच्न सक्दछ। नेपालको कुनै पनि कुना बाट अथवा विश्वका कुनै पनि ठाउँबाट लगानीकर्ताहरूले ईन्टरनेट मार्फत सेयर खरीद / बिक्री अर्डर गरेर व्यापार गर्न सक्नेछन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले, तल्कालिन अर्थमन्त्री डा. युबराज खातिवडा ज्यु बाट मिति २०७५ कार्तिक २०, मा अनलाइन ट्रेडिंग प्रणाली सुरू गरेको थियो। र २०७२ साल बाट सर्टिफिकेटलाई इलेक्ट्रोनिक रूपान्तरण गरेर कागजविहीन ट्रेडिंग शुरु गरिएको थियो।

      अनलाइन सेयर ट्रेडिंगको केहि फाइदाहरु ।

  1. तपाईं ट्रेडिंग अर्डर (अथवा शेयर खरिद बिक्रि) दुनियाको कुनै पनि ठाउँ बाट गर्न सक्नुहुनेछ 
  2. तपाइँले आफनो खरित बिक्रीको सबै विवरण लगायत नेप्सेको  अनलाइन बिबरण लाइभ हेर्न सक्नुहुनेछ. 
  3. अरु केहि असल पक्ष भनेको: 
  4. शेयर खरिद बिक्रीमा आफ्नो स्वबिकेक, ज्ञान तथा अनुभव पूर्ण रुपमा प्रयोग गर्ने, निर्णय लिन अथवा आफ्नो निर्णयमा कायम बस्न अथवा परिवर्तन गर्न सक्नुहुनेछ . अर्को भाषामा भन्ने हो भने यसमा तपाइको लगभग पूर्ण अधिकार रहन्छ! र तपाई आफ्नो निर्णयलाई एकै छिनमा कार्यन्वयन पनि गर्न सक्नुहुनेछ!
  5. यसले कुनै पनि बाह्य हस्तक्षेप, बिना रोकावोत  निःशुल्क व्यापार अनुभव प्रदान गर्दछ। तपाईं सजिलैसँग केहि क्लिकहरू र धेरै कम समयमा शेयरहरू खरीद गर्न वा बिक्री गर्न सक्नुहुनेछ।
  6.  ब्रोकरमा जान वा ब्रोकरलाई बारम्बार कल गर्ने लागत कम हुन्छ. तपाइको पुधेरै समय बचत गर्दछ 
  7. अनलाइन ट्रेडिंग तपाईंलाई वास्तविक समयमा तपाईंको लगानीहरूको अनुगमन गर्न अनुमति दिन्छ।
अनलाइन सेयर ट्रेडिंग खाता कसरी खोल्ने ?
Online बाट https://newweb.nepalstock.com.np/brokers . आफुलाई मन परेको ब्रोकर छानेर त्यसको TMS link मा क्लिक गर्ने –– त्यसपछि Register मा गयर फारम पुरा भरेर पठाउने, | कसरी पठाउने थाह छैन भने मेरो यो भन्दा अगाडीको भिडियो हेर्नुहोस त्यहाँ step by Step TMS Online Register form कसरी भर्ने भनेर देखिएको छ |

 

Registration गरेको केहि दिन पछि ब्रोकरले तपाइलाई तपाइको इमेल मार्फत login detail पठाउछ.त्यहि User Name and Password ले त्यहि ब्रोकर को TMS link मा गएर शेयर खरिद तथा बिक्रि गर्न सकिन्छ | यदि online TMS बाट कसरी शेयर खरिद बिक्रि गर्ने तपाईलाई थाह छैन भने, मेरो यो भन्दा अगाडीको भिडियो हेर्नु होला - त्यहाँ step by Step TMS Online बाट शेरको कारोबार कसरी गर्ने भनेर बताइएको छ | त्यसपछि पनि बुझ्नु भएन भने यो मलाई सोध्नु होला अथवा कमेन्ट बक्समा तपाइको प्रश्न सोध्न सक्नुहुनेछ, र म सकेसम्म छिटो तपाइको समस्या समाधान गर्ने कोशिस गर्ने छु|

 

अर्को मेथड भनेको सिधै ब्रोकर कार्यालय जाने र TMS Trading / Broker User ID / and KYC form भर्ने जसको लागि ४ ओटा PP साइजको फोटो नागरिकताको फोटो कपि, बैक विवरण, दिमाट विवरण, यदि छ भने PAN कार्ड बिबरण चाहिन्छ. अनि ब्रोकरले user Name and Password दिए पछि तपाइले online शेयरको कारोबार गर्न सक्नु हुनेछ. 



तपाईले किनेको शेरको पैसा तपाइँले अनलाइन मार्फत अथवा ConnetIPS मार्फत पठाउन सक्नुहुन्छ जसको लागि तपाइको बैक खाता ConnetIPS संग अबध्द /linked गराउनु पर्छ जुन अनलाइन नै गर्न सकिन्छ – यदि तपाईलाइ कसरी गर्ने हो भन्ने थाह छैन भने – मेरो अर्को भिडियो हेर्नुहोला |Linked your Bank Account to ConnectIPS and Pay to Your Broker | भन्ने भिडियो छ र त्यहाँ step by Step Online बाट तपाइको बैक खाता ConnetIPS संग कसरी आबध्द /linked गराउन सकिन्छ भनेर देखाईएको छ.


- अथवा तपाइले बैकको चेक बाट पनि ब्रोकरलाई तिर्न सक्नुहुन्छ 
- तपाईले बेचेको रकम – ब्रोकरले तपाइको बैक खातामा सिधै Deposit गरिदिन्छ |

पुरा बिस्तारमा जान्नको लागि तलको भिद्योमा हेर्नुहोला !
नमस्ते, यो Video | How to Enter Share Market /Bazar in Nepal | मा मैले नेपालको शेयर बजारको पहिलो बजार / Primary Market र दोस्रो बजार Secondary Market मा कसरी प्रवेस गर्ने अथवा छिर्न सकिन्छ भन्ने बारेमा Step by Step प्रोसेस सहित हेरेक tools को बृस्तृत रुपमा बताएको / देखाएको छु | जहाँ शेयरबजारको लागि नयाँ, भख्खर शुरु गर्ने लागेको, भख्खरै प्रवेस गरेको वा पुरानो सबैको लागि निकै उपयोगी जानकारी दिएको छु | A Complete Guideline | मलाई आसा छ, यो Video हेरिसकेपछी तपाईले नेपालको शेयरबजारमा कसरी छिर्ने र कसरी कारोबार गर्ने भन्ने बारेमा सिक्नुहुनेछ | यदि तपाईलाइ शेयर बजारको बारेमा राम्रो ज्ञान छ भने तपाइको साथीभाई आफन्तको माझमा शेयर गरिदिनुहोला |

======== *** ========

नेपाल शेरबजार सम्बन्धित यति उपयोगी भिडियोहरु तल हेर्नुहोस:
१. शेयरलगानी कर्ताले हरेक दिन हेर्नु पर्ने ३ सरकारी वेबसाइट
| https://www.youtu.be/zhXcd4J7GcA |
---- --- --- --- *** --- --- --- ---
२. Online Trading बाट शेयरकारोबार गर्न खाता कसरी खोल्ने ?
| https://www.youtu.be/PiYzxu-siBI |
---- --- --- --- *** --- --- --- ---
३. Online / मेरो रो शेयरबाट IPO को आबेदन कसरी दिने ?
| https://www.youtu.be/nXkL4pDlU3A |
---- --- --- --- *** --- --- --- ---
४. Online / मेरो शेयरबाट IPO, FPO, RIght Share, Mutual Fund को रिजल्ट कसरी हेर्ने?
| https://www.youtu.be/eN_RLInfBoY |
---- --- --- --- *** --- --- --- ---
५. मेरोशेयर वा TMS को पासवोर्ड बिर्स्यो कसरी पाप्त गर्ने ?
---- --- --- --- *** --- --- --- ---
६. नेपालमा अनलाइनबाट शेयर कसरी किन्ने र बेच्ने?
| https://www.youtu.be/rLG282v482U |

---- --- --- --- *** --- --- --- --- 

 ७. नेपालको शेयर मार्केटमा / बजारमा कसरी प्रवेस गर्ने

| https://youtu.be/ssQZRCZ9_Pk |


 ======== *** ========


"Select the right company and make a wise decision" See you in next Video.
***Wish you all the very best***
#MEROSHARE #SEBON #NEPSE #Share_NEWS #ICT_Bridge #NepseTMS #OnlineShareMarket
========***==========***========== #ICTBridge
YouTube Channel: https://www.youtube.com/c/ICTBridge/ | To view more tutorials as well as find additional resources.
========***==========***==========#ICT_Bridge

Comments

Popular posts from this blog

विश्वभर इन्टरनेट सेवा दिँदै स्टारलिंक

आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी थाहा पाउनुस्, अनलाइनबाटै कसरी दिने दर्ता आवेदन ?

How do I download or save a YouTube video to my computer?