Posts

Showing posts from September, 2023

पहिलो पटक घर बनाउँदा गरिने ११ गल्ती - Study purpose only

Image
पहिलो पटक घर बनाउँदा गरिने ११ गल्ती भनिन्छ, विहे नगरेको र घर नबनाएको मानिस कहिले पनि परिपक्क हुँदैन । घर बनाउनु आफैमा झण्झटिलो काम हो जसका लागि निकै धेरै अनुभवको आबश्यकता पर्छ । तर, एउटै जीवनमा पटकपटक घर बनाउने सौभाग्य सबैलाई कहाँ मिल्नु ? अर्थात् अधिकांश मानिसले घर जीवनमा पहिलो पटक नै बनाएका हुन्छन । जसले गर्दा घर बनाउँदा हरेकले धेरै गल्ती गर्ने गर्छन् । घर बनाएर सक्दामात्र थाहा हुन्छ कि कहाँ–कहाँ गल्ती भयो भन्‍ने ! त्यसैले, आज हामी तपाईलाई पहिलोपटक घर बनाउँदा आममानिसले गर्ने केही गल्तीहरु र त्यसलाई निराकरण गर्ने प्रयायबारे जानकारी दिँदै छौं । यी गल्ती नगर्ने गरी आफुलाई तयार राख्नुभयो भने तपाइले घर बनाउँदा निकै पैसा बचाउन सक्नुहुन्छ र आफ्नो घर अनुभवी निर्माताले बनाएजस्तै निपूर्ण पनि बनाउन सक्नुहुन्छ । १) राम्रो परामर्शदाता नछान्‍नु घर बनाउन सुरु गर्नुअघि नक्सा डिजाइनको काम गर्नुपर्ने हुन्छ । कन्सल्टिङ कम्पनीहरुले नक्सा डिजाइनको काम गर्छन । घर बनाउँदा नक्सा डिजाइन र सही कन्सल्टिङ अत्यन्तै महत्वपूर्ण हुन्छ । केएसएम सर्भिसेजका सञ्‍चालक एवं इञ्‍जिनियर निरपेश तण्डुकार अनुभवी कन्सल्टिङ कम्प