Posts

Showing posts from September, 2024

निःशुल्क सिक्न सकिने ३ सीप,

Image
निःशुल्क सिक्न सकिने ३ सीप, जुन सिक्नु भयो भने कमाउन सक्नु हुन्छ वार्षिक १ लाख डलर माथि काठमाडौं । हालैको रेजुमी टेम्प्लेटको सर्वेक्षण अनुसार करिब ६० प्रतिशत जेनेरेसन जेड (जेन जी) आफ्नो तलबबाट आधारभूत आवश्यकताहरू पूरा गर्न सक्दैनन् । उनीहरू पाँचमध्ये एक जनाले आफूले एक लाख डलर (१ करोड ३३ लाख रुपैयाँ) वा सोभन्दा धेरै कमाउनुपर्ने बताएका छन् । आफ्नो आधारभूत आवश्यकता पूरा गर्न सङ्घर्ष गर्नुपर्ने २० प्रतिशत मानिसहरूले महिनामा ५०० डलर वा सोभन्दा बढी अनावश्यक शीर्षकमा खर्च गर्ने पनि सोही सर्वेक्षणले देखाएको छ । ती मध्ये १९ प्रतिशत मानिसहरूले पनि आधारभूत आवश्यकता पूरा गर्न १ लाख डलर वा सोभन्दा बढी कमाइ हुनु पर्ने बताएका छन् । अहिले ६ अङ्कको तलब (१ लाख डलर वा सोभन्दा बढी) कमाउन विश्वविद्यालयको डिग्री वा प्रशिक्षणमा हजारौं डलर खर्च गर्नु पर्ने अवस्था छैन । अनलाइनमा उपलब्ध विभिन्न कोर्स वा तालिमबाट थोरै वा निःशुल्क रूपमा नै बढी आम्दानी आर्जन गर्न सक्ने सीपहरू सिक्न सकिन्छ । आज हामी त्यस किसिमका ३ ओटा सीपबारे चर्चा गर्दै छौं: १. प्रोडक्ट म्यानेजमेन्ट (Product Management) प्रोडक्ट म्यानेजमेन्टलाई