निःशुल्क सिक्न सकिने ३ सीप,

निःशुल्क सिक्न सकिने ३ सीप, जुन सिक्नु भयो भने कमाउन सक्नु हुन्छ वार्षिक १ लाख डलर माथि




काठमाडौं । हालैको रेजुमी टेम्प्लेटको सर्वेक्षण अनुसार करिब ६० प्रतिशत जेनेरेसन जेड (जेन जी) आफ्नो तलबबाट आधारभूत आवश्यकताहरू पूरा गर्न सक्दैनन् । उनीहरू पाँचमध्ये एक जनाले आफूले एक लाख डलर (१ करोड ३३ लाख रुपैयाँ) वा सोभन्दा धेरै कमाउनुपर्ने बताएका छन् ।

आफ्नो आधारभूत आवश्यकता पूरा गर्न सङ्घर्ष गर्नुपर्ने २० प्रतिशत मानिसहरूले महिनामा ५०० डलर वा सोभन्दा बढी अनावश्यक शीर्षकमा खर्च गर्ने पनि सोही सर्वेक्षणले देखाएको छ । ती मध्ये १९ प्रतिशत मानिसहरूले पनि आधारभूत आवश्यकता पूरा गर्न १ लाख डलर वा सोभन्दा बढी कमाइ हुनु पर्ने बताएका छन् ।



अहिले ६ अङ्कको तलब (१ लाख डलर वा सोभन्दा बढी) कमाउन विश्वविद्यालयको डिग्री वा प्रशिक्षणमा हजारौं डलर खर्च गर्नु पर्ने अवस्था छैन । अनलाइनमा उपलब्ध विभिन्न कोर्स वा तालिमबाट थोरै वा निःशुल्क रूपमा नै बढी आम्दानी आर्जन गर्न सक्ने सीपहरू सिक्न सकिन्छ ।

आज हामी त्यस किसिमका ३ ओटा सीपबारे चर्चा गर्दै छौं:

१. प्रोडक्ट म्यानेजमेन्ट (Product Management)


प्रोडक्ट म्यानेजमेन्टलाई उत्पादन योजना पनि भनिन्छ । यो भन्नाले कुनै पनि कम्पनीले उत्पादन गर्ने वस्तु तथा सेवाको विकास, तिनको बजार प्रक्षेपण र निरन्तर सुधारको रणनीतिक चाल भन्ने बुझिन्छ । त्यस्ता उत्पादनमा भौतिक सामान, डिजिटल एप्स वा सफ्टवेयर आदि हुन सक्छन् ।

मूलत: प्रोडक्ट म्यानेजरहरूले नयाँ उत्पादनलाई बजारमा ल्याउने अथवा पहिले नै रहेका उत्पादनलाई सुधारको काम गर्छन् ।



किन प्रोडक्ट म्यानेजमेन्टमा बढी तलब पाइन्छ ?

कम्पनीहरू सधैं इनोभेसन अर्थात् नवप्रवर्तन खोजिरहेका हुन्छन्, अझ विशेषगरी प्रविधिको क्षेत्रमा । कम्प्युटर साइन्स र एआईको तीव्र विकासले प्रोडक्ट म्यानेजरको मागलाई अझ उच्च बनाएको छ । कुनै पनि कम्पनीको सफलताको पछाडि यिनीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । अझ स्टार्टअप कम्पनीहरूमा लगानीकर्तालाई आकर्षित गर्न यसको महत्त्व छुट्टै छ ।

स्यालरी डटकमका अनुसार प्रोडक्ट म्यानेजरको औसत वार्षिक तलब एक लाख ५० हजार ७२१ डलर रहेको छ ।



प्रोडक्ट म्यानेजमेन्ट कहाँ सिक्ने ?

प्रोडक्ट म्यानेजमेन्टबारे सिक्न सकिने केही प्लेटफर्म निम्न अनुसार रहेका छन्:

प्रोडक्ट स्कुल (Product School)


युडासिटी (Udacity)


कोर्सेरा (Coursera)


प्रोडक्ट म्यानेजमेन्टबाट कसरी पैसा कमाउने ?

यस प्रकारको सीप सिकेपछि तपाईंले निम्न काम गर्न सक्नुहुन्छ:

प्रोडक्ट म्यानेजर


टेक्निकल प्रोडक्ट म्यानेजर


प्रोडक्ट लिड वा हेड अफ प्रोडक्ट म्यानेजर


फ्रिल्यान्स प्रोडक्ट कन्सल्टेन्ट आदि ।


२. अमेजन वेब सर्भिसेज (एडब्लूएस)

एडब्लूएस एउटा क्लाउड कम्प्युटिङ प्लेटफर्म हो । यसलाई वेबसाइटहरू होस्ट गर्न, एप्लिकेसन चलाउन र डेटा सेन्टर व्यवस्थापन गर्न प्रयोग गरिन्छ । जसबाट स्केलेबल कम्प्युटिङ पावर, स्टोरेज, र नेटवर्किङ सेवाहरू पाउन सकिन्छ ।​


एडब्लूएसमा बढी तलब हुनुको कारण

यसमा आफ्नो सीप तिखारेर दक्ष बन्दा तपाईं सोलुसन आर्किटेक्ट, क्लाउड आर्किटेक्ट, डेभअप्स इन्जिनियर जस्तो बढी तलब खाने जनशक्ति बन्न सक्नुहुन्छ । कम्पनीहरू क्लाउड इन्फ्रास्ट्रक्चरतर्फ सरिरहेकाले एडब्लूएसका दक्ष जनशक्तिको माग बढ्दो छ ।

ग्लासडुअरका अनुसार अहिले सोलुसन आर्किटेक्टको औसत तलब एक लाख ५५ हजार ३०६ हुन्छ ।


निःशुल्क रूपमा एडब्लूएस सिक्ने माध्यम

एडब्लूएस सिक्न सकिने केही प्लेटफर्म यस प्रकार छन्:

एडब्लूएस फ्रि ट्रेनिङ एन्ड सर्टिफिकेसन ( AWS free training and certifications)


एडब्लूएस एजुकेट (AWS Educate)


युट्युब (YouTube)

एडब्लूएस सीपपछि कसरी पैसा कमाउने ?

एडब्लूएस सोलुसन आर्किटेक्ट


एडब्लूएस डेभअप्स इन्जिनियर


क्लाउड आर्किटेक्ट आदि ।

३. थ्रिडी मोडेलिङ (3D Modeling)


थ्रिडी मोडेलिङ भन्नाले कम्प्युटरमा वस्तुहरूको थ्रि-डाइमेन्सनल तस्विर बनाउने एउटा प्रक्रिया हो । यसका लागि विशेष सफ्टवेयरको प्रयोग गरेर वस्तुहरूलाई डिजिटल आकार र बनावट दिने काम गरिन्छ । यो प्रविधि एनिमेसन, गेमिङ, वास्तुकला, प्रोडक्ट डिजाइन र अग्मेन्टेड रियलिटी/भर्चुअल रियलिटी (एआर/भीआर) जस्ता क्षेत्रमा निकै प्रयोग हुन्छ ।



किन हुन्छ थ्रिडी मोडेलिङमा धेरै तलब ?

पछिल्लो समयमा विश्वभर थ्रिडी मोडलिङको माग बढ्दै गइरहको छ । एआर/भीआर प्रविधिहरूको प्रयोग गरेर विभिन्न प्रोडक्टहरूको विकास गर्न सक्नु र गेमिङ क्षेत्रमा कम्पनीहरूबाट थ्रिडी आर्टिस्टको उच्च माग आउनु यसका कारण हुन् । स्टाटिस्टाका अनुसार थ्रीडी एनिमेसन उद्योगको बजार मूल्याङ्कन सन् २०२६ सम्ममा २७ अर्ब डलर पुग्ने अनुमान छ ।

थ्रीडी मोडेलिङ कहाँ सिक्ने?

थ्रीडी मोडेलिङ सिक्न सकिने केही प्लेटफर्म यसप्रकार छन्ः

ब्लेन्डरको फ्रि ट्रेनिङ (Blender’s free training)


एडोबी डाइमेन्सन फ्रि कोर्स (Adobe Dimension free course)


युनिटी लर्न (Unity Learn)



थ्रीडी मोडेलिङबाट कसरी पैसा कमाउने?

थ्रीडी आर्टिस्ट


आर्किटेक्ट


एनिमेटर आदि ।

माथि उल्लेख गरेका सीपहरू निःशुल्क सिक्न सकिन्छ । यी सीप सिक्न पनि सजिलो छ । यदि यी सीप राम्ररी सिक्नु भयो भने तपाईंले १ लाख डलरभन्दा बढी कमाउने बाटो पनि खुल्ला छ ।

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू समेतको सहयोगमा)


Copied from TechPana for Education Purpose only

Comments

Popular posts from this blog

विश्वभर इन्टरनेट सेवा दिँदै स्टारलिंक

आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी थाहा पाउनुस्, अनलाइनबाटै कसरी दिने दर्ता आवेदन ?

How do I download or save a YouTube video to my computer?