योग्य डेभलपर बन्ने टिप्सः कोडिङ गर्नु मात्र होइन सफ्टवेयर डेभलपमेन्ट

 

 

सफ्टवेयर विकास केवल कोड लेख्नमा सीमित छैन; यो निरन्तर अभ्यास, समर्पण, अध्ययन, र अनुभवबाट निखारिएको एउटा कला हो । राम्रो सफ्टवेयरले प्रयोगकर्ताको आवश्यकता र सुविधालाई प्राथमिकता दिन्छ ।

यदि कुनै सफ्टवेयरले प्रयोगकर्ताको आवश्यकता पूरा गर्न सकेन वा अनावश्यक जटिलता सिर्जना गर्‍यो भने, त्यसले आफ्नो उद्देश्य पूरा गर्दैन र व्यापारका लागि बोझ मात्र बन्न जान्छ । यस्तो सफ्टवेयरले व्यापारिक प्रक्रिया ढिलो र झन्झटपूर्ण बनाउँछ ।

यदि म सफ्टवेयर डेभलपरको रूपमा काम गरिरहेको छु र मैले बनाएको सफ्टवेयरले प्रयोगकर्तालाई सहज हुदैन भने त्यो सफ्टवेयरलाई नामको मात्र सफ्टवेयरको संज्ञा दिन सकिन्छ । म त्यसलाई सफ्टवेयर भन्दै भन्दिनँ ।

त्यस्तो सफ्टवेयर व्यवसायलाई घाँडो हुन्छ, न निल्नु न ओकल्नु । प्रयोग गरौँ भने सफ्टवेयरको प्रयोगमा भन्दा सफ्टवेयर प्रयोग नगरी काम गर्दा छिटो र काम गर्न सहज हुन्छ । नगरौँ भने त्यत्रो लगानी भएको हुन्छ ।


नेपालको आईटी शिक्षाको वर्तमान अवस्था

प्राप्त डेटाहरूको आधारमा नेपालमा ६ ओटा विश्वविद्यालयसँग सम्बन्धित ३६ ओटा बीई कम्प्युटर कलेजहरू छन् । यस्तै, देशभर १० ओटा विश्वविद्यालय र १,४०० भन्दा बढी कलेजहरू छन् ।

तीमध्ये, ३९ संस्थानले राष्ट्रिय वा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्यमा बीआईटी (B-IT) कार्यक्रमहरू चलाइरहेका छन् । वार्षिक रूपमा ३,००० भन्दा बढी आईटी जनशक्ति उत्पादन भए पनि उद्योगमा चुनौतीहरू कायमै छन् । शिक्षा बेरोजगार उत्पादन गर्ने भाँडो बनेको छ, जबकि यसले दक्ष पेसेवर तयार गर्नुपर्ने हो।

समस्या पुराना पाठ्यक्रम र अध्यापन पद्धतिमा छ । धेरै जसो शिक्षण संस्थाहरू राम्रो नतिजा सुनिश्चित गर्न सेमेस्टरमा आधारित सैद्धान्तिक ज्ञानमा केन्द्रित हुन्छन् । यसले व्यावहारिक र रियल इन्डस्ट्री मानकहरूलाई बेवास्ता गर्छ ।

संस्थाहरूलाई लगानीको प्रतिफल सुनिश्चित गर्नुपर्ने आवश्यकता भए पनि यसले दक्ष जनशक्ति उत्पादनमा ठुलो खाडल सिर्जना गरेको छ । तर, केही कलेजहरूले भने विद्यार्थीहरूको सिकाइका लागि असाधारण अवसरहरू प्रदान गरिरहेका छन् ।

आफ्नो क्षमता अनुसार काम नपाउने अनि राम्रो भविष्य सुनिश्चित गर्न राम्रा विद्यार्थी मास्टर्स पढ्ने नाममा सधैँका लागि देश छाडेर पलायन भएको देख्न सकिन्छ । यसको कारण हुन् हाम्रा नीति नियमहरू, जसले बुर्जुवा शिक्षालाई अझै पनि प्रोत्साहन गर्छन् ।

देशमै पर्याप्त अवसर हुँदा हुदै पनि आफ्नो भविष्य उज्ज्वल तर देशको भविष्य अन्धकार जस्तो देखेर दक्ष जनशक्ति देशमा बस्न खोज्दैन । 'दक्ष जनशक्तिको बाहिर कदर हुन्छ, काम गरे अनुसार पैसा र कामको सही सदुपयोग हुन्छ, देशमै बसेँ भने कुवाको भ्यागुतो जस्तै हुन्छु' भन्ने लाग्छ सायद ।

वैकल्पिक सिकाइ तथा रोजगारीका माध्यम

आईटी यस्तो विषय हो, जहाँ विद्यार्थीहरूले अनलाइन प्लेटफर्महरूबाट विद्यालयको शिक्षाभन्दा अझ राम्रो ज्ञान हासिल गर्न सक्छन् । हजारौँ अनलाइन प्लेटफर्म छन्, र सिकाइ व्यक्तिगत इच्छा शक्तिमा निर्भर गर्दछ ।

नेपालमै बसेर विश्व प्रसिद्ध कम्पनीहरूसँग काम गर्न र अनलाइन प्लेटफर्महरूमार्फत फ्रिल्यान्सिङ गरी आय आर्जन गर्न सकिन्छ । यसका लागि केही मुख्य माध्यम र प्लेटफर्महरूमा ध्यान केन्द्रित गर्न सकिन्छ ।

१. प्रमुख फ्रिल्यान्सिङ प्लेटफर्म:

  • Upwork: वेबसाइट विकास, सफ्टवेयर विकास, लेखन र डिजाइन जस्ता विभिन्न कामहरूका लागि ।

  • Fiverr: साना र ठुला कामहरूको लागि उपयुक्त, जहाँ तपाईँ आफ्नो सेवा पिच गर्न सक्नुहुन्छ ।

  • Freelancer: विश्वभरका ग्राहकहरूसँग जोडिन र प्रोजेक्टहरूमा काम गर्न सक्षम ।

  • Toptal: उच्च स्तरका सफ्टवेयर इन्जिनियर, डिजाइनर र वित्त विशेषज्ञहरूको लागि ।

  • Guru: प्राविधिक कामदेखि क्रियटिभ कामसम्मका लागि विशेष ।

२. रिमोट कामको अवसरः

  • LinkedIn: ग्लोबल कम्पनीहरूसँग कनेक्ट हुने र रिमोट जबका लागि आवेदन दिने ।

  • We Work Remotely: पूर्णतया रिमोट कामहरूका लागि विश्वभरका रोजगारी सूचीकृत ।

  • AngelList: स्टार्टअपहरूसँग काम गर्ने अवसर ।

  • RemoteOK: रिमोट वर्कमा विशेषज्ञता भएका रोजगारी खोज्नका लागि ।

३. आईटी सेवा प्रदायक कम्पनीहरू

नेपालका आईटी कम्पनीहरूले ग्लोबल क्लाइन्टहरूसँग परियोजनाहरू लिने अवसर सिर्जना गरेका छन् । यसले नेपालमै बसेर पनि अन्तर्राष्ट्रियस्तरमा काम गर्ने अवसर दिन्छ ।

४. अनलाइन शिक्षण र कोचिङ

  • अनलाइन प्लेटफर्महरूमा पढाउन सकिने विषयहरूमा विशेषज्ञता लिएर, Udemy, Coursera, Skillshare जस्ता प्लेटफर्महरूसँग जोडिन सकिन्छ ।

  • YouTube जस्ता फ्रि प्लेटफर्महरूमा कन्टेन्ट तयार गरेर विज्ञापन र प्रायोजनमार्फत आय आर्जन गर्न सकिन्छ ।

५. ब्लगिङ र कन्टेन्ट क्रियसन

  • ब्लग लेखन (WordPress, Medium) र युट्युब च्यानल निर्माण गरी विज्ञापन, एफिलिएट मार्केटिङ, र स्पोन्सरशिपबाट आम्दानी गर्न सकिन्छ ।

६. अनलाइन उत्पादन र ई-कमर्स

  • Amazon, Etsy, रeBay मा डिजिटल वा भौतिक उत्पादन बिक्री ।

  • नेपालमै Daraz जस्ता प्लेटफर्महरू प्रयोग गरेर ई-कमर्समा लाग्ने ।

७. डिजिटल मार्केटिङ र एसईओ सेवा

  • Google Ads, Facebook Ads, र SEO विशेषज्ञता हासिल गरी क्लाइन्टहरूसँग काम गर्ने ।

  • विश्वभरका साना व्यवसायलाई आफ्नो अनलाइन उपस्थिति सुधार्न सहयोग गर्ने ।

८. गेमिङ र स्ट्रिमिङ

  • गेम खेल्ने र त्यसलाई स्ट्रिम गरी आम्दानी गर्ने (जस्तै, Twitch, YouTube Gaming)।

  • ई-स्पोर्ट्स प्रतियोगिताहरूमा भाग लिएर पुरस्कार जित्ने ।

९. प्रोजेक्ट र अप्स्किलिङ

  • Coursera, edX, र Kaggle जस्ता प्लेटफर्महरू प्रयोग गरी सीप निखार्ने ।

  • सर्टिफिकेसन कोर्सहरू गरेर आफ्नो सीपलाई प्रमाणित गर्दै उच्चस्तरीय प्रोजेक्टहरूसँग जोडिने ।

सफ्टवेयर विकासमा विशेषज्ञ बन्ने मुख्य पक्षहरू

१. उन्नत अनुसन्धान: नयाँ प्रविधि र उद्योगका प्रवृत्तिहरूसँग अपडेट अपडेट हुनैपर्छ । ChatGPT जस्ता उपकरणहरू प्रयोग गरी अनुसन्धान र निर्णय प्रक्रियामा मद्दत लिन सकिन्छ ।

२. स्ट्यान्डर फलो र यसको पालना: एजल मेथोडोलोजी, भर्सन कन्ट्रोल सिस्टम, र टेस्ट-ड्रिभन डेभलपमेन्ट जस्ता स्ट्यान्डर अभ्यासहरूसँग परिचित हुनुपर्छ ।

३. व्यावहारिक अनुभव: प्रोजेक्ट बनाउनुहोस्, ओपन-सोर्स कम्युनिटीमा योगदान दिनुहोस्, र कम्पनीहरूमा इन्टर्न गर्नुहोस् ।

सफ्टवेयर विकासका स्ट्यान्डर अभ्यासहरू

१. योजना र अनुसन्धान: परियोजनाको आवश्यकताहरू, लक्षित प्रयोगकर्ता, र सम्भावित चुनौतीहरूको गहिरो अध्ययन गर्नुहोस् ।

२. मोडुलर डिजाइन: SOLID र DRY जस्ता सिद्धान्तहरू अपनाएर सफ्टवेयरलाई मापनयोग्य र मर्मतयोग्य बनाउनुहोस् ।

३. परीक्षण (टेस्टिङ): प्रत्येक चरणमा कडा परीक्षण गरी विश्वसनीयता र प्रदर्शन सुनिश्चित गर्नुहोस् ।

४. भर्सन कन्ट्रोल: Git जस्ता उपकरणहरूको प्रयोग गरी सहकार्य र परिवर्तनहरूको ट्र्याकिङ गर्नुहोस् ।

५. डकुमेन्टेसन: भविष्यको विकास र समस्या समाधानका लागि स्पष्ट र विस्तृत डकुमेन्टेसन तयार पार्नुहोस्।

विद्यार्थीहरूले कसरी सिक्न सक्छन् ?

१. व्यावहारिक प्रयोग: सैद्धान्तिक ज्ञानलाई वास्तविक परिदृश्यहरूमा (In actual scenarios) लागु गर्नमा ध्यान दिनुहोस् ।

२. अनलाइन कोर्सहरू: Coursera, Udemy, र freeCodeCamp जस्ता प्लेटफर्महरूको प्रयोग गरी स्ट्यान्डर्ड सिकाइ सामग्री प्राप्त गर्नुहोस्।

३. नेटवर्किङ: डेभलपर समुदायमा सामेल हुनुहोस्, ह्याकाथनहरूमा सहभागी बन्नुहोस्, र आइटी उद्योगका उद्यमीसँग सम्पर्क राख्नुहोस् ।

४. निरन्तर अध्ययन: सधैँ नयाँ सीपहरूमा अपडेट भएर प्रविधिको परिवर्तनशील क्षेत्रमा सम्बद्ध रहनुहोस् ।

सफ्टवेयर बजारका चुनौतीः

बजारले सफ्टवेयरको महत्त्वलाई प्रायः जसो कम आँक्छ, जसका कारण कमजोर उत्पादनहरू सिर्जना हुन्छन् । अनुभवहीन व्यक्तिहरूद्वारा निर्माण गरिएका सफ्टवेयरले उच्च मर्मत लागत र अप्रभावकारी परिणामहरू ल्याउँछन् ।

अनुभवी विकासकर्ताहरूले भने सम्भावित समस्याहरू पूर्वानुमान गरी समाधान तयार पार्छन् । यस्तो सफ्टवेयरको सुरुवाति लागत बढी भए पनि दीर्घकालीन रूपमा खर्च कम हुन्छ ।

बजारले सफ्टवेयरको महत्त्वलाई कम आँक्ने तथ्य र परिणाम

बजारमा धेरैजसो सफ्टवेयर निर्माणको महत्त्वलाई उचित रूपमा बुझिँदैन । यस कारण धेरै कमजोर सफ्टवेयर उत्पादन हुन्छन्, जसले गर्दा उच्च मर्मत लागत र कम प्रभावकारीता देखिन्छ ।
अनुभवहीन डेभलपरहरूले बनाएको सफ्टवेयर व्यापारिक प्रक्रियाका लागि झन्झटपूर्ण मात्र हुन्छ ।

सही दृष्टिकोणले दीर्घकालीन लाभ

सुरुमा योजना, अनुसन्धान, र सही प्रविधि छनोटमा ध्यान दिएर बनाइएको सफ्टवेयरले व्यावसायिक स्थायित्व र मर्मत खर्चमा बचत सुनिश्चित गर्छ ।

सही प्रविधि छनोटको महत्त्व

अनुभवी डेभलपरहरूले सफ्टवेयरको आवश्यकता र लक्षित प्रयोगकर्तालाई ध्यानमा राखेर प्रविधि चयन गर्छन् । तिनीहरूले मापन योग्यता, प्रयोग योग्यता, र उपयुक्तता जस्ता पक्षहरू विचार गर्छन् ।

सफ्टवेयर विकासमा कोडिङ केवल ३० प्रतिशत काम हो, जबकि बाँकी ७० प्रतिशत योजना, अनुसन्धान, र परीक्षणमा केन्द्रित हुन्छ ।

सफ्टवेयर कम्पनी छान्ने १० टिप्स

१. अनुभव: कम्पनीको ट्र्याक रेकर्ड र गुणस्तरीय सफ्टवेयर डेलिभरीलाई जाँच गर्नुहोस् ।

२. पोर्टफोलियो: विगतका परियोजनाहरू समीक्षा गरी विशेषज्ञता र स्थिरता मूल्याङ्कन गर्नुहोस् ।

३. प्रविधि स्ट्याक: आधुनिक, मापनयोग्य, र भरपर्दा प्रविधिहरू प्रयोग गरिरहेका छन् कि छैनन् जाँच गर्नुहोस् ।

४. ग्राहक रिभ्युहरू: ग्राहकहरूले दिएका रिभ्यु र प्रतिक्रिया हेर्नुहोस् ।

५. अनुकूलन क्षमता: तपाईँकै आवश्यकतामा आधारित समाधान बनाउन इच्छुक छन् कि छैनन् निश्चित गर्नुहोस् ।

६. पश्च-विकास समर्थन: मर्मत सम्भार र अद्यावधिक प्रदान गर्ने कम्पनी खोज्नुहोस् ।

७. टिम विशेषज्ञता: टिमका सीप र औद्योगिक ज्ञानको मूल्याङ्कन गर्नुहोस्।

८. मूल्य भर्सेस लागत: दीर्घकालीन समस्याहरू टार्न सस्तो भन्दा गुणस्तरलाई प्राथमिकता दिनुहोस् ।

९. पारदर्शिता: स्पष्ट सञ्चार र समयसीमा सहितका कम्पनी रोज्नुहोस् ।

१०.परीक्षण र गुणस्तर सुनिश्चितता: कडा गुणस्तर सुनिश्चितता अभ्यास अपनाउने कम्पनी छनोट गर्नुहोस् ।

निष्कर्ष: भविष्यका लागि बलियो सफ्टवेयर विकासको दिशा

नेपालमा सफ्टवेयर विकास र आईटी शिक्षाको वर्तमान अवस्था धेरै सम्भावना र चुनौती लिएर आएको छ । अनुभवी विकासकर्ताहरूको अनुभव र योजना, सही प्रविधिको छनोट, र व्यावसायिक मानकहरूको पालना नै सफल सफ्टवेयरको आधारशिला हो ।

यस लेखले शिक्षण विधि, व्यावसायिक दृष्टिकोण, र सफ्टवेयर विकासमा सुधारका उपायहरूको आवश्यकता स्पष्ट रूपमा देखाउँछ । दीर्घकालीन सोच, योजना, र प्रयोगकर्ताको अनुभवलाई प्राथमिकता दिनु नै सफ्टवेयर विकासको मुख्य लक्ष्य हुनुपर्छ ।

उचित रणनीति, सही शिक्षा, र उद्योगका लागि तयार सीपयुक्त जनशक्तिको विकास मार्फत, नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सफ्टवेयर इकोसिस्टम निर्माण गर्न सक्छ । सफ्टवेयर विकासमा उत्कृष्टता केवल एक प्रविधि होइन, यो निरन्तर सिकाइ र समर्पणको यात्रा हो ।

 #Copied from #TechPana 

Education purpose only

Comments

Popular posts from this blog

विश्वभर इन्टरनेट सेवा दिँदै स्टारलिंक

आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी थाहा पाउनुस्, अनलाइनबाटै कसरी दिने दर्ता आवेदन ?

How do I download or save a YouTube video to my computer?