एप्पलले यस वर्ष ७०.५ मिलियन (७.५ करोड) युनिट फाइभ–जी आइफोन बनाउने समाचार बाहिरिएको छ - 5 G iPhone


टेक कम्पनी एप्पलले यो वर्षको अन्त्यसम्म ७०.५ मिलियन  युनिट फाइभ–जी आइफोन बनाउने भएको छ। यसका साथै कम्पनीले नयाँ एप्पल वाच मोडल, नयाँ आइप्याड एयर र एउटा सानो होम प्याड पनि यसै वर्ष लन्च गर्ने भएको छ।


कम्पनीले Next Generation | iPhone | आइफोनको सिपमेन्ट सन् २०२० मा ८० मिलियन युनिटसम्म पुग्ने लक्ष्य  लिएको समाचार छ । एप्पलले अर्काे महिना फाइभ–जी वायरलेस स्पिडबाट सुसज्जित चारवटा नयाँ आइफोन लन्च गर्ने लक्ष्य लिएको छ। जसमा अलग डिजाइन र ठूलो स्क्रिन साइज हुने बिश्वास गरिएको छ ।

ब्लुमबर्गले आफ्नो रिपोर्टमा प्रो–डिभाइसेसको तुलनामा लोअर इन्ड वाला फोन चाँडै सिपमेन्ट हुन सक्ने छ। रिपोर्टका अनुसार एप्पलले एज–टु–एज आइप्याड प्रोजस्तै स्क्रिनका साथ नयाँ आइप्याड एयर बनाउने काम गरिरहेको छ। यसका साथै कम्पनी दुइटा नयाँ एप्पल वाच भेरियन्ट र आफ्नो पहिलो ओभर इयर हेडफोन पनि बनाइरहेको छ। तर एप्पलले यसबारे कुनै पनि आधिकारिक जानकारी उपलब्ध गराएको छैन।


 – एजेन्सी | बिजशाला | Business Insider

#ICTBridge #ICT_Bridge

Comments

Popular posts from this blog

विश्वभर इन्टरनेट सेवा दिँदै स्टारलिंक

आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी थाहा पाउनुस्, अनलाइनबाटै कसरी दिने दर्ता आवेदन ?

How do I download or save a YouTube video to my computer?