ल्यापटप खरिद गाइड - How to Choose right Laptop?
ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू थुप्रै हुन्छन् । ल्यापटप खरिद गर्नु अगाडी उचित प्राविधिक ज्ञान नभएको खण्डमा उपभोक्ताबाट आफूले खोजेजस्तो ल्यापटप खरिद नहुन सक्छ । ल्यापटप खरिद गर्दा ख्याल गर्नुपर्ने कुराहरूलाई तल उल्लेख गरिएको छ : १ . प्रोसेसर ल्यापटप र कम्प्युटरमा सबैभन्दा महत्त्वपूर्ण कुरा नै उक्त ल्यापटप र कम्प्युटरको प्रोसेसर हो । सबै कम्प्युटरको काम प्रोसेसरले नै नियन्त्रण गर्छ । जति शक्तिशाली र फास्ट प्रोसेसर , त्यत्ति नै फास्ट कम्प्युटर । बजारमा दुई मुख्य प्रोसेसर निर्माता – इन्टेल र एएमडीले हरेक वर्ष कम्प्युटर र ल्यापटपका लागि नयाँ र अपडेट गरेको प्रोसेसर रिलिज गर्छन् । नेपाली बजारमा चाहिँ इन्टेलको प्रोसेसर निकै प्रचलित छ । यति भन्दैमा एएमडीको प्रोसेसर नराम्रो भएको चाहिँ होइन । फास्ट प्रोसेसर भएको ल्यापटपलाई स्लो प्रोसेसर भएको ल्यापटप भन्दा महँगो पर्छ । भिडियो हेर्न , नेट चलाउन वा अफिस सम्बन्धि कामहरु ...