ल्यापटप खरिद गाइड - How to Choose right Laptop?

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू थुप्रै हुन्छन् । ल्यापटप खरिद गर्नु अगाडी उचित प्राविधिक ज्ञान नभएको खण्डमा उपभोक्ताबाट आफूले खोजेजस्तो ल्यापटप खरिद नहुन सक्छ । ल्यापटप खरिद गर्दा ख्याल गर्नुपर्ने कुराहरूलाई तल उल्लेख गरिएको छ :
१.
प्रोसेसर

ल्यापटप र कम्प्युटरमा सबैभन्दा महत्त्वपूर्ण कुरा नै उक्त ल्यापटप र
कम्प्युटरको प्रोसेसर हो ।
सबै कम्प्युटरको काम
प्रोसेसरले नै
नियन्त्रण गर्छ । जति
शक्तिशाली र
फास्ट प्रोसेसर, त्यत्ति नै
फास्ट कम्प्युटर ।
बजारमा दुई
मुख्य प्रोसेसर निर्माता – इन्टेल र एएमडीले हरेक वर्ष कम्प्युटर र
ल्यापटपका लागि नयाँ र
अपडेट गरेको प्रोसेसर रिलिज गर्छन् ।
नेपाली बजारमा चाहिँ इन्टेलको प्रोसेसर निकै प्रचलित छ
। यति
भन्दैमा एएमडीको प्रोसेसर नराम्रो भएको चाहिँ होइन ।
फास्ट प्रोसेसर भएको ल्यापटपलाई स्लो प्रोसेसर भएको ल्यापटप भन्दा महँगो पर्छ । भिडियो हेर्न, नेट
चलाउन वा
अफिस सम्बन्धि कामहरु गर्नलाई फास्ट प्रोसेसरको आवश्यकता पर्दैन - यस
कामका लागि कोर i3 वा राइजेन ३ २२०० जी नै
काफी हुन्छ । तर
गेम खेल्न, भिडियो एडिटिंग, ग्राफिक डिजाइन आदि जस्ता कामहरूमा शक्तिशाली प्रोसेसरको निकै महत्त्व हुन्छ - यी कार्यका लागि कोर i5
/ i7 अथवा राइजेन ५/७
भएको प्रोसेसर खरिद गर्नु उचित हुन्छ ।
बजेट प्रोसेसर - Core
i3 8th/10th gen, Ryzen 3 2200U / 3200U
मिडरेन्ज प्रोसेसर - Core
i5 8th/10 gen, Ryzen 5 2500U / 3500U
अब्बल प्रोसेसर - Core
i7 8th/10 gen, Ryzen 7 2700U / 3700U
गेमिंग र प्रोफेसनल प्रोसेसर - Core i9
7th
gen वा पुराना प्रोसेसरहरू खरिद नगर्नु नै
राम्रो हुन्छ किन कि
नयाँ संस्करणका प्रोसेसरहरू निकै नै फास्ट छन् भने
पुराना प्रोसेसर भएका ल्यापटपका मूल्य मै खरिद गर्न सकिन्छन् ।
२.
बजेट
ल्यापटपलाई न्यूनतम २५ हजार जति पर्छ र महँगोमा फिचर र
फास्ट पुर्जाहरू थपिएसँगै २-३
लाख पनि
सजिलै पर्छ । नेरु ३० हजारसम्ममा क्रोमबुक, साना र
स्लो विन्डोज ल्यापटपहरू खरिद गर्न सकिन्छ । मूल्य बढ्दै गएपछि प्रोसेसरको स्पिड, डिस्प्लेको गुणस्तर र र्यामको साइज पनि
बढ्दै जान्छ । नेरु १ लाख
भन्दा बढी
पर्ने ल्यापटपहरू निकै स्लिम कि
त निकै फास्ट हुन्छन् ।
३. र्याम कति ?

र्याम कति जीबी भएको ल्यापटप खरिद गर्ने भन्ने कुरामा विशेष ध्यान दिनु पर्ने हुन्छ ।
यदि र्याम अपग्रेड गर्न मिल्छ भने
सुरुमा आफ्नो बजेटले सके
अनुसारको र्यामको साइज भएको ल्यापटप खरिद गर्नसकिन्छ ।
तर यदि
तपाईंले खरिद गर्न लागेको ल्यापटपमा र्याम अपग्रेड गर्न मिल्दैन भने
चाहिँ सुरु मै आफूलाई चाहिए अनुसारको र्याम भएको ल्यापटप खरिद गर्नु पर्छ । अधिकाँस स्लिम र
पोर्टेबल ल्यापटपहरूमा र्याम अपग्रेड गर्न मिल्दैन ।
अहिलेको समयमा ८
जीबी र्याम लगभग अनिवार्य जस्तो बनेको छ ।
इन्टरनेट मात्र चलाउनका लागि पनि ४
जीबी र्याम भएको ल्यापटप स्लो हुनेगर्छ । वेबसाइटहरूको जटिलता र फिचर बढ्दै गएकै कारणले पनि
यस्तो भएको हो ।
अफिस कार्यका लागि ८
जीबी र्याम, गेमिंगका लागि ८ वा
१६ जीबी र्याम र , भिडियो एडिटिंग, ग्राफिक डिजाइन आदि जस्ता कामहरूका लागि १६ जीबी र्याम उचित हुन्छ ।
अहिले ४
जीबी र्याम भएको ल्यापटप नै खरिद गर्ने हो
भने पनि
र्याम अपग्रेड गर्न मिल्ने प्रकारको ल्यापटप खरिद गर्नु उचित हुन्छ ।
४. शक्तिशाली कि पोर्टेबल ?

फास्ट प्रोसेसर र
ग्राफिक कार्ड भएको ल्यापटपहरू मोटा, ठूला र
बोकेर हिड्न अफ्ट्यारो हुनेगर्दछन् ।
स्लिम ल्यापटपहरूमा कम
वाटको तुलनात्मक रुपमा स्लो प्रोसेसर हुनेगर्छ ।
त्यसैले उपभोक्ताले सुरु मै शक्तिशाली कि
पोर्टेबल ल्यापटप किन्ने भनेर राम्रोसँग होस
पुर्याउनु पर्छ । शक्तिशाली र
पोर्टेबल दुवै हुने ल्यापटपहरू पनि
पाइन्छन तर
त्यस्ता ल्यापटपहरु निकै महंगा हुन्छन् ।
५. ग्राफिक कार्ड भएको कि नभएको ?

क्यान्डी क्रस, एसफाल्ट नाइन, पबजी मोबाइल भर्सन वा आजभन्दा केहि वर्ष अगाडीका गेमहरु - जस्तै दोटा, काउन्टर स्ट्राइक - खेल्ने विचारमा हुनुहुन्छ भने
तपाईंलाई ग्राफिक कार्ड भएको ल्यापटपको आवश्यकता नै पर्दैन । यी
साना र
पुराना गेमहरु ग्राफिक कार्ड नभएको ल्यापटपमा पनि
चल्नसक्छ ।
तर नयाँ गेम खेल्नका लागि, भिडियो एडिटिंग, ग्राफिक डिजाइन आदिका लागि भने
ग्राफिक कार्ड भएको ल्यापटप खरिद गर्नु उचित हुन्छ ।
आजभोलिका नयाँ इन्टेल अर्थात् दशौँ संस्करणका प्रोसेसरहरूमा इन्टेग्रेटेड ग्राफिक्स - इन्टेल एचडी नै
अब्बल बनाइएको छ ।
एएमडीका ल्यापटप प्रोसेसरहरूमा पहिल्यैबाट नै
सक्षम र
फास्ट ग्राफिक्स समावेश गरिएको थियो । साना र पुराना गेम खेल्न र हल्का फोटोशप र
भिडियो एडीट गर्नका लागि ग्राफिक्स कार्ड भएको ल्यापटप नै चाहिन्छ भन्ने हुँदैन ।
६. एसएसडी भएको ल्यापटप किन्नु उचित

एसएसडीहरु साधारण हार्ड डिस्कको तुलनामा १०
गुणाभन्दा बढी
फास्ट हुन्छन । महँगा एसएसडीहरु हार्ड डिस्कभन्दा ३०
गुणासम्म पनि
फास्ट हुनेगर्दछन् ।
ल्यापटपलाई फास्ट बनाउनका लागि एसएसडीको प्रयोग किन गर्ने भन्ने कुरा जान्नका लागि यहाँ जानुहोस् कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग
Source from: https://nagarikbazaar.nagariknetwork.com/
For Teaching & learning Purpose only
#ICT_Bridge, #BuyLaptop #Select_Right_Laptop
#ICT_Bridge, #BuyLaptop #Select_Right_Laptop
Comments
Post a Comment