iPhone 7 Lunched - Price $ आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक, के-के छन् विशेषता



   आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक, के-के छन् विशेषता :



एप्पलले आइफोनको सेभेन र सेभेस प्लस सार्वजनिक गरेको छ । अमेरिकाको सनफ्रान्ससिस्कोमा भब्य कार्यक्रम गरेर उसले गएराती दुई फोन सार्वजनिक गरेको हो। नयाँ  आइफोन पहिलाको भन्दा ३० प्रतिशतले छिटो चल्ने कम्पनीले बताएको छ।

नयाँ आइफोनमा ६४ बिट सिस्टमा ४ कोरको ए १० फ्युजन २ दशमलव ४५ गिगाहर्ज क्लक स्पीड प्रोसेसर  छ।  ३२, १२८, २५६ जिबीमा आइफोन ७ उपलब्ध निर्माण गरिएको छ। ३२ जिबी आइफोन ७ को  मुल्य ६४९   र ३२ जिबी आइफोन प्लसको ७६९ अमेरिकी डलर तोकिएको छ। आइफोनले आइफोन सेभेन र प्लस नयाँ मोबाइलमा हेड फोन राखेको छैन।




iPhone 7


































ब्याटी चार्ज गर्ने प्लकमा नै हेडफोन जोडन सकिने उसले जनाएको छ। आइफोन सेभेनमा मा पछाडी १२ मेगा पिक्सेल र अगाडि ७ मेगापिक्सेलका क्यामेरा छन् । टाढाको तस्बिर खिच्नका लागि यी मोबाइल उपयुक्त हुने कम्पनीको दाबी छ। पानी र धुलोबाट बच्ने किमिसमले यी मोबाइलहरु तयार पारिएको छ।
More Photos of iPhone 7 and other accessories 













अनलाइन खबर बाट
iPhone_7










अमेरिकी कम्पनी एप्पलले बहुप्रतिक्षीत आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक गरेको छ ।  यसका लागि अमेरिकाको क्यालिफोर्नियामा भब्य समारोह आयोजना गरिएको थियो ।
दुबै आइफोनको प्रि अर्डस सेप्टेम्बर ९ देखि सुरु हुनेछ भने वितरण सेप्टेम्बर १६ तारिखबाट हुने एप्पलले जनाएको छ ।

३२ जिबीको आइफोन सेभेनको मूल्य ६४९ डलर र त्यति नै जिबीको सेभेन प्लसको मूल्य ७६९ राखिएको छ ।
केके छन् विशेषता
एप्पलका अनुसार यसमा परम्परागत हेडफोन सकेट छैन । लाइटनिङ कनेक्सन छ । उसका साथै एप्पलले वायरलेस हेडफोनको प्रयोगलाई प्रोत्साहन गर्ने बताएको छ र इयरपोड्स पनि हुनेछ ।
iphone7_head phone


आइफोन सेभेनको नयाँ फिचरले प्रयोगकर्ताले सुरुमा केही असहज हुनसक्छ । किनकी  हेडफोनका लागि अब एडप्टरको आवश्यक पर्न सक्छ ।
एप्पलको आइफोन सेभेनमा टू लेन्स क्यामरा छ । र, होम बटमबाट यो पत्ता लगाउन सकिन्छ कि कति जोडले दबाउन सकिन्छ ।

कनेक्टर र पुरानो हुँदै गएको प्रविधिबाट छुटकारा दिलाउन भने एप्पल आफ्नो प्रतिस्पर्धी भन्दा अगाडि छ ।
विशेषज्ञहरुले हेडफोन सकेट हटाउने कदमले यसको लोकप्रियतामा असर पर्न सक्छ । तर, यो छोटो समयका लागि मात्र हुनेछ ।
iPhone_7_camera_has_been_boosted
आइफोन सेभेनमा पछाडितर्फ वाइड एंगल र टेलिफोन लेन्स छ । र, दुबैमा १२ मेगा फिक्सल सेन्सर छ । यसले प्रयोगकर्तालाई राम्रो तस्वीरका लागि निकै मदत गर्नेछ ।
यो सफ्टबेयरको मदतमा ब्याकग्राउण्ड ब्लर गरेर कुनै पनि बस्तुमा फोकस गर्न पनि सकिनेछ । यो फिटर भविश्यमा अपडेटमार्फत उपलब्ध हुनेछ ।
ऐप्पलले स्मार्टवाच पनि लन्च गरेको छ । जसलाई निकै राम्रो फिटनेश डिभाइस भनिएको छ ।

Comments

Popular posts from this blog

विश्वभर इन्टरनेट सेवा दिँदै स्टारलिंक

आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी थाहा पाउनुस्, अनलाइनबाटै कसरी दिने दर्ता आवेदन ?

How do I download or save a YouTube video to my computer?