सेयर कारोबारको लागि युजरनेम र पासवर्ड अनलाइनबाटै लिन सकिने - कसरी हेर्नुहोस | Learn NEPSE TMS Online Registration Process |
प्रेस
बिज्ञप्ति
======= *** =====
*सेयर कारोबारको लागि युजरनेम र पासवर्ड अनलाइनबाटै लिन सकिने !
======== *** ========
नेपाल स्टक एक्सचेञ्जले सेयर कारोबारको लागि अनलाइनमार्फत नै युजरनेम र पासवर्ड लिन सकिने व्यवस्था गरेको छ। त्यस्तै, केवाइसी समेत अनलाइनमार्फत नै गर्न सकिने व्यवस्था छ।
कोभिड–१९ महामारीलाई दृष्टिगत गर्दै भौतिक दूरी कायम राखी दोस्रो बजार कारोबार गर्नरगराउन, नेप्सेले अनलाईन कारोबारलाई थप सहज बनाउने तथा नेप्से तथा सदस्य दलाल व्यवसायीले प्रदान गर्दै आइरहेको सेवालाई मानवीय सम्पर्क यथासम्भव कम गरी सञ्चालन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो।
लगानीकर्ताले अनलाईन कारोबार गर्नका लागि युजरनेम र पासवर्ड लिने तथा ग्राहक पहिचान विवरण (केवाइसी) लाई अद्यावधिक गर्न सम्पूर्ण सदस्य दलालहरुको टिएमएस लिंकमा (https://newweb.nepalstock.com.np/brokers) अनलाईन रजिस्ट्रेसन सुविधा उपलब्ध गराइएको छ।
उक्त लिंकमा गएपछी सम्बन्धित ब्रोकर TMS Link मा गई रजिस्टर लेखिएको ठाउँमा क्लिक गरेपछि आफ्ना विवरणहरु भरेर युजरनेम तथा पासवर्ड लिन तथा केवाइसी अद्यावधिक गर्न सकिनेछ। यसबाट बढीभन्दा बढी प्रयोगकर्ताहरु अनलाइन कारोबारमा सहभागी हुन सक्ने विश्वास नेप्सेले लिएको छ ।
शेर सम्बधित अरु जानकारीको लागि यस लिंगमा जानु होला च्यानल https://www.youtube.com/channel/UCSU0MXI-Hsb6Gv88a0Q_E_A?sub_confirmation=1/ | #ICT_Bridge |
नेप्से TMS अनलाईन शेर कारोबारको लागि अब घरबाट Username र Password लिनुहोस.
पुरा भिडियो Tutorial यसमा हेर्नुहोला:
#MEROSHARE #SEBON #NEPSE #NEWS
Press Released - #NEPSE
http://www.nepalstock.com/news/detailspopup/-124
Brokers Detail |
Register from here |
Register 1st Page |
======== *** ========
Visit our website/blog, http://ict-bridge.blogspot.com/, andYouTube: https://www.youtube.com/channel/UCSU0MXI-Hsb6Gv88a0Q_E_A?sub_confirmation=1/ to view more tutorials as well as find additional resources.
केहि सल्लाह सुझाब, वा अरु कुनै यस्तै बिषयमा जानकारी मुलक भिडियो चाहियमा तल कमेन्ट बक्समा लेख्नु होला |
धन्यबाद !
तपाइँको दिन शुभ रहोस .. नमस्ते !
Comments
Post a Comment