के के गर्दै छ सिडिएससीले ? नयाँ एप लन्च गरेको छ, अब मोबाइल-एप बाटै शेयर कारोबार गर्न मिल्ने हुने भएको छ | CDSC MeoShare Mobile APP | APP Lunch |


नेपाल धितोपत्रको केन्द्रीय निक्षेप प्रणालीको सञ्चालक सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले  आज बुधबार माेबाइल एप्लिकेशन सार्वजनिक गरेको छ । लगानीकर्ताले सबै काम माेबाइलबाटै गर्न मिल्ने गरी एप ल्याउन लन्च गरिएको  सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताउनु भएको खबर छ ।

भख्खरै लन्च  भएको  सिडिएससीमेरासेयर काे वेबसाइटमा भएका सबै फिचर मोबाइल एपमा  पनि उपलब्ध हुनेछ । प्रयाेगकर्ताले एपबाटै शेयर काराेबारकाे सूचना प्राप्त गर्न सक्दछन् । साथमा एपबाटै सर्वसाधारणले  e-DIS र WACC - Weighted Average of Cost of Capital समेत त्यहीबाट पठाउन सकिनेछ ।
तत्कालका लागि लगानीकर्ताले प्राथमिक शेयर तथा हकप्रद शेयरमा आवेदन दिन सक्ने छैनन्। यसका लागि मेरो शेयरको साइटमा गएर आवेदन दिनु पर्नेछ। केही समयपछि लगानीकर्ताले यो सुविधा पनि प्राप्त गर्न सक्ने सिडिएसीले जनाएको छ। 

कम्पनीले मेरो सेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री र सहज बनाउने उद्देश्यले एप बनाइएको जनाएको छ । पछिल्लो समय शेयर आवेदनमा देखिएको समस्या समेत समाधान हुने जनाइएको छ ।  

तत्कालका लागि यो मोबाइल एप एन्ड्रोइड मोबाइल तथा ट्याबलेटहरुमा मात्रै उपलब्ध हुनेछ। विस्तारै एप्पलको एप स्टोरमा पनि उपलब्ध गराइने सिडिएससीले जनाएको छ। 

त्यसैसरी लगानीकर्तालाई थप सजिलो बनाउन मेरो शेयरको क्यापासीटि पनि वृद्धि गरिँदै छ। यतिबेला आइपिओ खुल्ने बित्तिकै ५० हजार भन्दा बढी मानिस एकैपटक आएपछि ट्राफिक देखिने गरेको छ। त्यसैले यसको क्षमता बढाउन लागिएको हो। अब १० लाख मानिस एकैपटक आउँदा समेत समस्या नपर्ने गरी क्षमता वृद्धि गर्न लागिएको छ। त्यसले गर्दा अब प्राथमिक शेयरमा आवेदन दिँदा समस्या नआउने सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यको भनाई छ। 

ट्राफिक बढिरहेको यो अवस्थामा अर्को अथवा  बाटो फरक गर्नकै लागि मोबाइल एप लन्च गर्न लागिएको हो। "मोबाइल एप ल्याउनुको कारण पनि त्यही हो कि मानिसहरूले लगईन गर्ने ठाउँ एकै भएको कारणले लोड बढी भएको थियो अब मोबाइल एपमा पनि मानिसहरू जानेछन्। त्यसले मेरो शेयरमा थुप्रै ठाउँबाट लगईन गर्न सकिने भएपछि वेबसाइटमा मात्रै भार पर्दैन त्यसले पनि स्लो हुन कम हुन्छ।अब लगानीकर्ताले शेयरको |IPO FPO Right Share Mutual Fund | लगाएतका आवेदन मोबाइल एप बाट पनि दिन सक्छन्। मेरो शेयर साइटबाट पनि दिन सक्छन्। बैकबाट पनि दिन सक्नेछन।

Current Data from CDSC Website

Android मोबाईल फोनको लागि यहाँबाट App डाउनलोड गर्नुहोस  

मेरोशेयर एप कस्तो छ ? मेरोशेयर एपमा के कस्ता फिचरहरु छन् ? 
के मेरोशेयरको मोबाइल एपमा My ASBA मेनु राखिएको छैन ? 
मेरोशेयर एप मेरो मोबाइलामा कसरी डाउनलोड गर्ने ? 
यी सबै प्रश्नको उत्तर यस भिडियोमा बृस्तृत रुपमा बताइएको र देखाइएको छ एक चोटी हेर्नुहोस !



Source: CDSC, मेरोलगानी, टेकपाना र आर्थिक न्युज - एजेन्सी



Comments

Popular posts from this blog

विश्वभर इन्टरनेट सेवा दिँदै स्टारलिंक

आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी थाहा पाउनुस्, अनलाइनबाटै कसरी दिने दर्ता आवेदन ?

How do I download or save a YouTube video to my computer?