ओपनएआईका यी निःशुल्क कोर्स
च्याटजीपीटी प्रभावकारी तरिकाले चलाउन सिक्नुहोस् ओपनएआईका यी निःशुल्क कोर्स काठमाडौँ । ओपनएआईले च्याटजीपीटी लगायतका आफ्ना एआई टुलको प्रयोगलाई अझ प्रभावकारी र व्यापक बनाउने उद्देश्यले विभिन्न उपयोगी कोर्सहरू उपलब्ध गराउँदै आएको छ । यसै क्रममा कम्पनीले आफ्नो ‘एआई एकेडेमी’ मार्फत हाल ११ ओटा कोर्स पूर्ण रूपमा निःशुल्क उपलब्ध गराएको हो । यी कोर्सले प्रयोगकर्तालाई च्याटजीपीटी र अन्य एआई मोडेलको क्षमतालाई राम्रोसँग बुझ्न र त्यसको अधिकतम उपयोग गर्न मद्दत पुर्याउने बताइएको छ । तपाईं एआईमा नयाँ हुनुहुन्छ वा आफ्नो क्षमतालाई अझ तिखार्न चाहनुहुन्छ भने यी कोर्स उपयोगी हुन सक्छन्: यी हुन् ओपनएआईले निःशुल्क उपलब्ध गराइएका ११ कोर्स १. प्रम्प्ट इन्जिनियरिङको परिचय यस कोर्सले तपाईंलाई एआई मोडेल विशेषगरी च्याटजीपीटीजस्ता लार्ज ल्याङ्ग्वेज मोडेल (LLMs) सँग कसरी प्रभावकारी रूपमा संवाद गर्ने भन्ने सिकाउँछ । ‘प्रम्प्ट’ भनेको तपाईंले एआईलाई दिने निर्देशन वा प्रश्न हो । यो कोर्समा तपाईंले स्पष्ट, संक्षिप्त र प्रभावकारी प्रम्प्ट कसरी लेख्ने भन्ने सिक्न सक्नुहुन्छ । २. च्याटजीपीटी र तार्किक क्षमता...